2026-09-19 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट विजयी

असार २०, झापा । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ । 

सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें । मत बराबर भएपछि अध्यक्षमा को बस्ने भन्ने बिषयमा गोलाप्रथाबाट निर्णय गर्ने राजनीतिक दलबीच सहमति भएको थियो । सोहि सहमति अनुसार गोलाप्रथा गर्दा एमालेका काफ्ले विजयी भएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । 

त्यस्तै उपाध्यक्षमा एमालेकै बेणु सिवाकोटीले नौ हजार ४१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी दीपा भण्डारी गौतमले चार हजार ९९२ मत प्राप्त गर्नुभयो । 

वडाध्यक्षमा क्रमशः वडा नं १ मा काँग्रेसका केदार कटुवाल, २ मा नेकपा (एमाले)का ताराप्रसाद न्यौपाने, ३ मा नरप्रसाद दङ्गाल, ४ मा प्रेमबहादुर राई, ५ मा डम्बरबहादुर निरौला, ६ मा नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजयी हुनुभएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई