८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेटेपछि बाबुरामको प्रतिक्रिया– उहाँमाथि राजनीतिक प्रतिशोध साँधियो

२१ मंसिर २०८१, शुक्रबार १२:२६

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।

सहकारी ठगी प्रकरणका लागि छानबिनमा रहेका लामिछानेलाई कास्कीस्थित प्रहरी हिरासतमा भेटेपछि भट्टराईले यस्तो बताएका हुन् ।

‘रविजीमाथि एकपछि अर्को गरेर दुःख दिने काम भयो । यसैले ऐक्यबद्धता जनाउन म उहाँलाई भेट्न आएको हुँ,’ चितवनमा रविसँग भेटेपछि बाबुरामले भने, ‘उहाँमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएको छ ।’

सहकारीसम्बन्धी ठगीको जरो धेरै फैलिएको भन्दै उनले सत्तामा आलोपालो बस्ने ३ नेता पनि उत्तिकै दोषी रहेको दाबी गरे ।

‘यो सहकारी ठगीको जरो धेरै नै फैलिएको छ । सत्तामा आलोपालो बस्ने ३ नेताको वरिपरि छ । तर, ५० औं लाख बचतकर्ता समस्यामा हुँदा विषयान्तर गरेर पीडितलाई झन् पीडा दिने काम भएको छ,’ उनले भने, ‘सहकारीपीडितको विषयलाई विषयान्तर गरिँदैछ । यो ठीक छैन ।’

सहकारीको मुद्दा टुँगिदासम्म आधाभन्दा बढी पीडितले आत्महत्या गर्न सक्ने भन्दै यस्ता राजनीतिक प्रतिशोध साँधेर विषयान्तर नगर्न उनले ध्यानाकर्षण गराए ।

रविले पनि आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएको उनको भनाइ छ ।

‘उहाँले म सधैं सत्य र न्यायको पक्षमा लडेको छु । नियम र कानूनलाई सहयोग गर्छु भन्नुभएको छ । शान्तिपूर्णबाहेक केही आन्दोलन नगर्नुस् भनेर पार्टी पंक्तिलाई भनेको पनि बताउनुभयो,’ भट्टराईले भने, ‘तर ममाथि राजनीतिक प्रतिशोध लिइयो भन्ने उहाँको कुरा छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता