प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् । 

गत एक वर्ष द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् । 

गत एक वर्ष द"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वडा सदस्य जितेपछि विदेश जाने तयारी रद्द

२३ असार २०७४, शुक्रबार ०२:३९


 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् । 

गत एक वर्ष देखि  कुक भिसामा जापान जाने  धौडधुप र  झण्डै तिन लाख रुपैयाँ खर्च गरी सकेका रेसुङ्गा  नगरपालिका वडा नम्वर–८ का ३० वर्षिय नविन श्रेष्ठले त्यस वडाको सदस्य पदमा विजयी भए पछि जापान जाने पहिल्लै देखिको सपना त्याग गरेका हुन् ।

 जापान जाने तयारीका लागि बुटवलमा कुक तालिम गरी सकेका र भिसा कुरेर बसेका श्रेष्ठलाई एक्कासी नेपाली कांग्रेसले खुल्ला सदस्यको उमेदवार बन्न आग्रह गरे पछि नकार्न नसकेको श्रेष्ठले बताए ।  ‘पार्टीले अवसर दिए पछि उठौन त , जिते बसौंला नजिते जाउँला भनेर चुनाव लडियो, श्रेष्ठले भने–‘जनताले जिताई सकेपछि अपमान गर्ने कुरै भएन, त्यसैले जापान जाने तयारी रद्द गरेको हुँ ।’

    उनि त्यस वडा नम्वर ८ मा खुल्ला सदस्यका लागि नेकपा एमालेका उमेदवार महेश काउछा संग प्रतिष्पर्धी थिए । काउछाले ३९४ मत ल्याएका थिए भने श्रेष्ठले ४०९ मल ल्याएर विजयी भएका हुन् ।

उनि रेसुङ्गा सामुदायिक प्रहरी, रेसुङ्गा सरफाई तथा फोहर व्यवस्थापन समितिमा आबद्ध छन भने अनटेष्ट युवा क्लवको निर्वतमान अध्यक्ष रहँदा रहँदै  जापान जाने अन्तिम तयारी गर्दै थिए ।

उनले आफुलाई जिताएर विदेश जानबाट रोक्ने वडावासीलाई धन्यबाद समेत दिए ।केहि  गाउँपालिकाहरुमा बुझ्दा श्रेष्ठ जस्तै  ७  जना  युवा विदेश जाने अन्तिम तयारी गरेको बेला  यसपालिका निर्वाचनले  विदेशजानबाट रोकेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित