प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् । 

गत एक वर्ष द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् । 

गत एक वर्ष द"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वडा सदस्य जितेपछि विदेश जाने तयारी रद्द

२०७४, २३ असार शुक्रबार ०२:३९


 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् । 

गत एक वर्ष देखि  कुक भिसामा जापान जाने  धौडधुप र  झण्डै तिन लाख रुपैयाँ खर्च गरी सकेका रेसुङ्गा  नगरपालिका वडा नम्वर–८ का ३० वर्षिय नविन श्रेष्ठले त्यस वडाको सदस्य पदमा विजयी भए पछि जापान जाने पहिल्लै देखिको सपना त्याग गरेका हुन् ।

 जापान जाने तयारीका लागि बुटवलमा कुक तालिम गरी सकेका र भिसा कुरेर बसेका श्रेष्ठलाई एक्कासी नेपाली कांग्रेसले खुल्ला सदस्यको उमेदवार बन्न आग्रह गरे पछि नकार्न नसकेको श्रेष्ठले बताए ।  ‘पार्टीले अवसर दिए पछि उठौन त , जिते बसौंला नजिते जाउँला भनेर चुनाव लडियो, श्रेष्ठले भने–‘जनताले जिताई सकेपछि अपमान गर्ने कुरै भएन, त्यसैले जापान जाने तयारी रद्द गरेको हुँ ।’

    उनि त्यस वडा नम्वर ८ मा खुल्ला सदस्यका लागि नेकपा एमालेका उमेदवार महेश काउछा संग प्रतिष्पर्धी थिए । काउछाले ३९४ मत ल्याएका थिए भने श्रेष्ठले ४०९ मल ल्याएर विजयी भएका हुन् ।

उनि रेसुङ्गा सामुदायिक प्रहरी, रेसुङ्गा सरफाई तथा फोहर व्यवस्थापन समितिमा आबद्ध छन भने अनटेष्ट युवा क्लवको निर्वतमान अध्यक्ष रहँदा रहँदै  जापान जाने अन्तिम तयारी गर्दै थिए ।

उनले आफुलाई जिताएर विदेश जानबाट रोक्ने वडावासीलाई धन्यबाद समेत दिए ।केहि  गाउँपालिकाहरुमा बुझ्दा श्रेष्ठ जस्तै  ७  जना  युवा विदेश जाने अन्तिम तयारी गरेको बेला  यसपालिका निर्वाचनले  विदेशजानबाट रोकेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी