प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर, उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र  प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर, उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र  प्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरुद्धारा सपथ ग्रहण

२३ असार २०७४, शुक्रबार ०८:११


 प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर, उप मेयर सहित विजयी सम्पुर्ण जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गर्दै ओहदाको प्रमाण पत्र  प्राप्त गरेका छन् ।  

मेयरमा विजयी डिल्लीराज भुसाल, उपमेयर सिता भण्डारी र १४ वटै वडाका विजयी वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले सपथ खुवाएका थिए भने अन्य सदस्यहरुलाई मेयर भुसालले सपथ  खुवाएका थिए ।

जनतालाई वडास्तरबाटै सेवा दिने

यसै विच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले आजै पदभार समेत सम्हालेका छन् । पदभार ग्रहण  पश्चात भुसालले सम्पुर्ण वडाध्यक्ष सहितको बैठक राखेर १४ वटै वडामा कार्यालय खोल्ने ति सवैमा यधासिघ्र  वडा सचिव राखेर  वडा स्तरबाटै जनतालाई सहज सेवा प्रदान गर्ने निर्णय गराएका छन् ।

पहिलो बैठकको पहिलो निर्णय, नगरवासी सम्पुर्ण मतदाता, निर्वाचनमा खटिएका  कर्मचारी, सुरक्षा निकाय, पत्रकार सवैलाई धन्यवाद प्रस्ताव पास गरिएको छ ।

१४ वडामा जम्मा ५ जना मात्रै सचिवले सेवा दिदै आएकोले नगरपालिकाका विकट गाउँबाट जनता सेवा लिन आउँदा कठिनाई परेको भन्दै भुसालले वडाध्यक्षहरुलाई वडास्तरबाटै सेवा प्रदान गर्न विशेष निर्देशन दिएका थिए ।

उनले खानेपानी, सरसफाई, विद्युत मर्मत सम्भार र १४ वटै वडामा यातायात सेवा सहज बनाउन आफु  र  वडाध्यक्षहरुले विशेष ध्यान दिन जोड गरेका थिए । उनले नगरवासीहरुले शुद्ध पिउने पानी नपाएकोले त्यसका लागि तत्काल आफुले सम्वन्धित पक्ष संग  समन्वय गने बताएका थिए ।

त्यस्तै उपमेयर सिता भण्डारीले पनि आफ्नो न्याययिक कार्यभार सम्हालेकी छन् । उनले उत्पीडिनमा  परेका , आर्थिक र सामाजिक रुपमा पछाडी परेका महिलाका पक्षमा आफुले विषेष जोड दिने बताईन् ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित