प्रेम सुनार/असार २३, गुल्मी ।  गुल्मी जिल्लाका  २  नगरपालिका,  १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट  जम्मा एक जना मात्रै  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असार २३, गुल्मी ।  गुल्मी जिल्लाका  २  नगरपालिका,  १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट  जम्मा एक जना मात्रै  "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा खुल्लाबाट जम्मा एक जना मात्रै महिला विजयी

२०७४, २३ असार शुक्रबार ०८:३८


प्रेम सुनार/असार २३, गुल्मी ।  गुल्मी जिल्लाका  २  नगरपालिका,  १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट  जम्मा एक जना मात्रै  महिलाले जित हाँसिल गरेकी छन् ।  

धुर्कोट गाउँपालिका वडा नम्वर–२ पिपलधाराको खुल्ला सदस्यमा माओवादी केन्द्रकी ३१ वर्षिया कमला घर्तिले पुरुषलाई हराएर  एक जना मात्रै महिला विजयी भएको ईतिहाँस रच्न सफल भएकी हुन् ।

कांग्रेस–माओवादी संयुक्त प्यानलकी उमेदवार घर्तिले रुख चिन्ह लिएर खुल्ला सदस्यमा उमेदवारी दिएकी थिईन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका  लालबहादुर केसीलाई भारी मत अन्तरले पछाडी पार्दै उनले जित हाँसिल गरेकी हुन् ।

घर्तिले ७२८ मतले विजय हाँसिल गरेकी थिईन भने उनका प्रतिष्पर्धी एमाले उमेदवार केसीले ५९८ मत प्राप्त गरेका थिए । प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासनीका अनुसार विभिन्न राजनैतिक दलले १८६ जना मध्ये जम्मा ९ जना महिलालाई खुल्ला सदस्यको उमेदवार खडा गरेका थिए ।

ति ९ जना पनि  तिन प्रमुख दल र साना पार्टीले कतै उठाउने उमेदवार अरु नभएर त कतै जित्न नसक्ने वडा भएका कारण  उनिहरुलाई उमेदवार खडा गरेको े खुल्न आएको छ । फलतः अन्य ८ जना महिलाले हारेका छन्  १८५ जना पुरुषले खुल्ला सदस्यबाट जितेका छन् । 

यो तथ्याङकबाट अझै पनि हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टीकोणको स्पष्ट झलक देखा परेको छ । जिल्लाभर खुल्ला सदस्यका लागि ९  जना महिला र ५०२ जना पुरुषको उमेदवारी परेको थियो । गुल्मीमा महिलाहरुको मत संख्या हेर्ने हो भने पुरुषहरुको भन्दा ८ हजार ६ सय १५ मत बढि छ । जिल्लाको कुल मत सख्या १ लाख ८० हजार ७ सय ७५ मध्ये  महिलाको मत सख्या ९४  हजार ७  सय ५९ रहेको छ भने पुरुषको मत सख्या  ८६ हजार १५ रहेको छ ।

‘खुल्ला लडेरै  पुरुषलाई हराउने आँट थियो, पुरा गरें’

नवनिर्वाचित वडा सदस्य घर्तिले सुरुमा वडाध्यक्षको उमेदवारी दावी गर्दै आएकी थिईन् । माओवादी केन्द्रले पनि उनलाई  वडा नम्वर २ को वडाध्यक्ष उमेदवार  खडा गरेको पनि थियो ।

पछि कांग्रेस संग तालमेल हुँदा उनलाई महिला सदस्यमा उठ्न आग्रह गरिएको थियो । ‘म जत्तिको सक्षम महिलाले नै आरक्षणमा लड्ने हो भने अरु महिलाले के गर्ने ? भन्ने प्रश्न  गरें’–  घर्तिले भनिन्–‘खुल्लामै लड्छु नत्र उमेदवारी नै दिन्न भनेर अड्डी लिएको  र खुल्लाबाटै पुरुषलाई हराउने मेरो आँट पुरा पनि भयो । ’

आरक्षण कोटामा गाउँ प्रमुख वा उपप्रमुख पनि आफुलाई मान्य नहुने बताउँदै घर्तिले अव महिलाहरु पुरुष संग खुल्ला प्रतिष्पर्धाबाटै आफ्नो क्षमता देखाउनु पर्ने धारणा राखिन ।

साविकको पिपलधारा–२ निवासी घर्ति , धुर्कोटरजस्थलको धुर माध्यामिक विद्यालयमा र पछि जैसीथोकको पञ्चायन माध्यामिक विद्यालयबाट  एसएलसी पास गर्ने बेला सम्मको अनुभव स्मरण गर्दै पत्रकार भरत पाण्डेले उनि विद्यार्थी कालमा पनि पुरुष  विद्यार्थी साथीहरु संग कडा रुपमा प्रस्तुत हुने गरेको वताए ।

  कुनै केटी साथीलाई केटाहरुले जिस्काए भने ‘कमलाको राम धुलाई सुरु ’ भन्ने चर्चा त्यति वेला चल्ने गरेको अरु उनका सहपाठीहरु पनि बताउँ छन् । कमला स्वयमले पनि त्यो स्वीकार गर्दै भन्छिन् –‘मैले विद्यार्थी कालमा पनि महिलालाई हेप्ने जिस्काउनेहरुलाई तह लगाएकै हो । ’

उनि जिल्ला खेलकुद विकास समितिको  सदस्यबाट राजिनामा दिएर  चुनावमा लडेकी थिईन् । घर्ति माओवादी केन्द्र गुल्मीकी जिल्ला  सदस्य हुन् । उनका दुई  सन्तानकी आमा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण