2026-10-10 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौँ | पछिल्लो समय प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समिति बैठकलाई सांसदहरूले बेवास्ता गर्न थालेका छन्। सांसदहरू नआएकै कारण गणपूरक संख्या नपुग्दा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको छ।

आजको अर्थ समितिको बैठक पनि कोरम नपुगेर स्थगित भयो। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। तर,समितिमा १२ सांसद उपस्थित हुनुपर्नेमा ८ जना सदस्य मात्रै उपस्थित भए। जसमध्ये ४ जना विपक्षी सांसद थिए।

त्यसपछि समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित भएको घोषणा गरे। बैठकमा अर्थमन्त्री विष्णु पौडेललाई बोलाइए पनि उनी उपस्थित भएनन्। बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। उनले दुई तिहाईको सत्ता पक्ष समितिमा उपस्थित नहुनु र काम कारबाही प्रभावित हुनु दुर्भाग्य पूर्ण भएको बताए।

यस्तै,गत मंसिर २३ गते प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो। ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’माथि छलफल गर्ने कार्यसूची भए पनि बैठकमा कुल सदस्यमध्ये सभापतिसहित १० जना सांसद मात्रै उपस्थित थिए।

समितिमा २४ जना सदस्य छन्। समितिको बैठक सञ्चालन गर्न १३ जना सदस्य चाहिन्छ तर गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित गरिएको शिक्षा समिति सभापति अम्बरबहादुर थापाले नै घोषणा गरेका थिए।

बैठकमा सांसदहरू नै नआउँदा कामकारबाही प्रभावित भएको भन्दै बैठकमा नियमित उपस्थित हुन निर्देशन नै दिएका थिए। यसअघि पनि गणपूरक संख्या नपुग्दा अन्य समितिहरूको बैठक पनि स्थगित भएका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ। समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध