पूर्णबहादुर खड्का/असार २४, अछाम । अछामका दश स्थानीय तहमध्ये पाँच तहमा प्रमुख र दुई तहमा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का/असार २४, अछाम । अछामका दश स्थानीय तहमध्ये पाँच तहमा प्रमुख र दुई तहमा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र जिल्"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा जिल्ला समन्वय समिति संयोजका लागी बेदप्रकाशको नाम चर्चामा

२०७४, २४ असार शनिबार १२:१०


पूर्णबहादुर खड्का/असार २४, अछाम । अछामका दश स्थानीय तहमध्ये पाँच तहमा प्रमुख र दुई तहमा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र जिल्ला समन्वय समिति (जिसस) संयोजक को बन्ने भन्ने वहस सुरु भएको छ ।

पार्टीले कसलाई संयोजक बनाउने भन्ने विषयमा औपचारिक छलफल नचलाए पनि यसबारे चर्चा सुरु भएको हो । यद्यपि पूर्व सहमति अनुसार माओवादी केन्द्रसंग सहकार्य गर्ने नगर्ने बारे स्पष्ट कुरा नभईसकेको समेत बताईएको छ । 

स्थानिय तहको निवार्चन सकिएको ३० दिन भित्र जिल्ला समन्वय समिती गठन गरिसक्नुपर्ने प्रावधान रहे अनुसार नै जिल्लामा चर्चा सुरु भएको हो । जिल्ला समन्वय समितिको संयोजकका लागि पार्टीका सहसिचव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सैनाको नाम बढी चर्चामा छ । तिमिल्सैना बिनायक पञ्चदेवल नगरपालिका वडा नं. १ कुईका बाट निर्वाचित वडा सदस्य हुन । हाल पार्टीले पूर्वी अछामका धेरै ठाँउमा जित हासिल गरेको र तिमिल्सैना पनि पूर्वी अछामका भएका कारण उहाँको सम्भावना बलियो रहेको नाम नभन्ने सर्तमा एक नेताले बताए । 

बिद्यार्थीकालमा नेविसंघमा क्रियाशिला भई पत्रकारीता पेशाबाट राजनितिमा आएका तिमिल्सैनाको पनि जिसस संयोजक बन्ने सम्भावना बढी रहेको एक नेताले बताएका छन । विकास निर्माण, सामाजिक कार्य तथा सुशासनका पक्षमा वकालत गर्दै आउनु भएका तिमिल्सैनाले संयोजक भएमा समग्र जिल्लाको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । समाजशास्त्रमा स्नाकोक्तार गरेका तिमिल्सैना बिगत १० बर्ष देखी अछामको विकास निर्माण देखी लिएर सुशासनका पक्षमा काम गर्दै आईरहनु भएको छ । 

नेपाल पत्रकार महासंघ अछाम शाखाको दुईकार्यकाल अध्यक्ष पदमा रही काम गरेका तिमिल्सैना कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यूनियनमा समेत आवद्ध हुनुहुन्छ । यूनियनको संगठनलाई सुदृढ तथा मजबुद पार्न उहाँको ठुलो भुमिका रहेको युनियनका केन्द्रिय नेताहरु बताउनु गरेका छन । अछाम जिल्लामा पनि संगठनलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निवार्ह गरेको पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर बताउछन । 

पञ्च्यात बिरुद्ध सक्रिय तिमिल्सैना परिवारका सदस्य समेत रहेका कुईकाका पूर्व अध्यक्ष नरेन्द्र तिमिल्सैनाले पनि पार्टीका लागी ठुलो योग्दान गरेका थिए । तत्कालिन नेकपा माओवादीले उहाँलाई घरबाटै अपहरण गरि बेपत्ता बनाएको थियो । भने सुदूरपश्चिमबाट नै पहिलो पटक तिमिल्सैनाको परिवारलाई विस्थापित बनाएको थियो । 

त्यसो अछामको राजनितिक ईतिहासमा पारिवारिक रुपले पुरानो कांग्रेसका परिवारको रुपमा पनि तिमिल्सैना परिवारलाई लिने गरिन्छ । पार्टी संगठनका लागी तिमिल्सैनालाई ईमान्दार, कर्मठ र क्रियाशिल सदस्यका रुपमा अछाममा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ