2026-10-11 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा

काठमाडौँ | सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच सहकारी डिभोर्स भएको टिप्पणी गरेका छन्।

रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कार कार्यक्रममा सम्बोधन गर्दै सहकारी ठगहरुलाई आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानूनको दायरामा ल्याउने बताएका हुन्।

उनले भने, ‘धनराज गुरुङको विषयमा हाम्रो अन्तिम समयतिर जानकारीमा आयो। त्यसपछि म स्थलगत निरिक्षणमा गएको, त्यसको अध्यक्षलाई ल्याएर सोछपुछ गरेको र उहाँको श्रीमती अमेरिकामा छन् ल्याएर अनुसन्धानको दायरमा ल्याउनुपर्छ। यो सहकारी सम्बन्धबिच्छेद भएको देखिन्छ। सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि डिभोर्स भएको देखिन्छ। त्यसैले धनराजमाथि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्न निर्देशन दिएका छौं। उहाँले सिधैं होइन। १४ करोड ८१ लाख उहाँको श्रीमतीले अपचलन गरेको, त्यो रकम बाहिर लगेको, त्यसबारेमा धनराजमाथि पनि सिआइबीले अनुसन्धान थालेको छ। कानून बमोजिम कारवाही गर्ला। उहाँले अनुसन्धानको दायरबाट बाहिर हुनुहुन्न।’

उनले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको बताए। आफू नेतृत्वको छानविन समितिको प्रतिवेदन व्यक्तिकेन्द्रित मात्रै नभएको दाबी गरे।

सहकारी ठगी अभियोगमा फरार जिबी राईको राहदानी रोक्का भइसकेको भन्दै सरकार नेपाल ल्याउने प्रक्रियामा लागिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध