२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन तीन समिति बनाइने

२०८१, १४ पुष आईतवार १८:०१

काठमाडौँ | वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन अब तीनवटा समिति गठन गरिने भएको छ । वैदेशिक रोजगार बोर्डअन्तर्गतका समिति (गठन तथा सञ्चालन) मापदण्ड, २०८१ मा यस्तो व्यवस्था गरिएको छ । मापदण्ड गत मंसिर २५ गते स्वीकृत गरिएको हो ।

“यस मापदण्डबमोजिम बोर्डलाई सहयोग र रहजीकरण गर्न बोर्डअन्तर्गत रही कार्य सम्पादन गर्ने गरी देहाय बमोजिमको विषयगत समिति रहने छन्,” मापदण्डमा भनिएको छ, “नीति, कानुन एवं व्यवस्थापकीय समिति, तालिम तथा अध्ययन अनुसन्धान समिति र कल्याणकारी कार्य व्यवस्थापन समिति ।”

समितिमा बोर्ड सदस्यमध्येबाट विषय विज्ञताको आधारमा बोर्डले तोकेको एकजना संयोजकसहित बढीमा सातजना सदस्य रहने छन् । समितिको सचिवको रूपमा बोर्ड सचिवालयको सम्बन्धित शाखाको प्रमुख वा कार्यकारी निर्देशकले तोकेको अधिकृत रहनेछन् ।

“ऐन, नियमावली एवं निर्देशिकाद्वारा बोर्डलाई प्रदत काम, कर्तव्य र अधिकारमध्ये आफ्नो समितिलाई यस मापदण्डबमोजिम तोकेको कार्यक्षेत्रको विषयमा समितिमा छलफल गरी निर्णयका लागि अध्यक्षमार्फत बोर्डमा पेस गर्ने,” समितिको काम, कर्तव्य र अधिकारमा उल्लेख छ ।

यस्तै, समितिले नीतिगतरूपमा बोर्डबाट निर्णय गर्नुपर्ने सचिवालयले समितिमा पेस गरेका विषयहरू समितिमा छलफल गरी राय परामर्श दिने काम पनि गर्नेछ । कल्याणकारी कार्य व्यवस्थापन समितिले वैदेशिक रोजगार कल्याणकारी कार्य, कामदारको स्वास्थ्य, पुनर्स्थापना, पुन:एकीकरण लगायतको कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा