2026-09-12 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय, राख्नेले नै सूचना दिएको अनुमान

इटहरी | इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय भएको छ। मंगलबार (आज) बिहान शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार इटहरीका दुई ठाउँ र धरानको एक ठाउँ गरी तीन ठाउँमा बम रहेको प्रहरीलाई सूचना आएको थियो।

इटहरी उपमहानगरपालिका कार्यालयको गेटअघि, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीलाई सूचना आएको तिम्सिनाले जानकारी दिए।

जसमा उपमहानगरको गेटअघि भने सेनाको टोलीले डिस्पोज गरेको छ। डिस्पोजको क्रममा सेनाले प्रेसर कुकर फेला पारेको छ। ‘प्लाष्टिकभित्र प्रेसर कुकर फेला परेको छ। साथै बम बनाउन प्रयोग हुने केही पदार्थमसेत फेला परेको छ,’ एसपी तिम्सिनाले भने, ‘प्रहरीलाई म्यासेजमा तीन ठाउँ बम राखिएको भनेर सूचना आएपनि उपमहानगर गेटअघि मात्रै प्रेसर कुकर फेला परेको छ।’

उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ। ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चासमेत फेला परेको छ,’ उनले भने।

उक्त पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ। एसपी तिम्सिनाका अनुसार बूढीखोलामा भने बोराभित्र फोहोर फ्याँकिएको पाइएको छ । एउटा बोराभित्र कपडाजस्तो देखिनेगरी राखिएको अवस्थामा फोहोर फ्याँकिएको उनले जनाए।

‘अरूतिर सहजै बम भेटिएपनि बूढीखोलामा राखेको बम सजिलै फेला पार्न सकिदैँन’ भनेर यसअघि प्रहरीलाई म्यासेज आएको थियो। बिहान ४ः३६ बजे इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको आधिकारिक मोबाइल नम्बरमा एक नम्बरबाट एकै किसिमका म्यासेज आएको थियो। ‘अब आन्दोलन सुरु भयो’ भन्ने प्रकृतिको म्यासेज रहेको खुलेको छ। एनसिएल सिमबाट आएको उक्त म्यासेजबारे प्रहरीले सुक्ष्म र विभिन्न कोणबाट अनुसन्धान गरिरहेको एसपी तिम्सिनाले बताए।

‘हामी अनुसन्धानकै चरणमा छौँ, सीसी टीभी फुटेज पनि हेरेर अनुसन्धान हुन्छ,’ उनले भने, ‘जसले शंकास्पद वस्तु राखे, उसैले सूचना दिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।’ उक्त सिम कसको नाममा छ र कसले म्यासेज पठाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

उनका अनुसार तीन ठाउँमा बम रहेको भन्ने सूचना दिएपनि धरानमा भने केही नरहेको पुष्टि भएको छ। दुईवटै इलाका प्रहरीमा एकै समयमा सूचना आएपछि प्रहरीले विशेष सावधानी अपनाएको थियो। पूर्वतर्फ काकँडभिट्टा जाने सवारी साधन मुख्य राजमार्गबाट ‘बाइपास’ गरिएको थियो।

सुनसरी र मोरङका प्रहरी प्रमुखसहित सशस्त्र प्रहरी, नेपाली सेनासहित बाक्लो मात्रामा सुरक्षा परिचालन गरिएको थियो। अहिले उक्त वस्तु डिस्पोज भएपछि अवस्था सामान्य भइसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस