२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले

२२ पुष २०८१, सोमबार ११:३०

काठमाडौँ | नेकपा एमाले गोदावरी नगर कमिटी अत्तरिया, कैलालीका ४६ जनाले दिए सामूहिक राजीनामा दिएका छन्। यही पुस ११ गतेदेखि लागू हुने गरी ४३ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका हुन्।

उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको बताउँदै उनीहरूले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उल्लेख गरेका छन्।

नेकपापछि एमालेमै रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको समेत उल्लेख गरेका छन् । ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।

पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ।

उनीहरूले राजीनामा दिँदै भनेका छन्,

‘तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि म लगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेका थियौँ । एकता मुख्य नेताहरूको आपसी लँडाईको कारणले टिक्न सकेन्। त्यो बेला हामी माओवादी स्कुलिङबाट नेकपामा रहेका यहाँका अधिकांश कमरेडहरु तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली को लाइनलाई समर्थन गर्यो। उहाँको बचाउ र पक्षमा सडक सम्म बहस मात्रै होइन कि अदालतले एमाले र माओवादी अलग- अलग बनाइदिएपछि पनि हामी एमाले मै बस्यौं। यद्यपि अहिले को एमाले नेकपा को नै निरन्तरता हो भन्ने हाम्रो बुझाइ हो। तर यहाँ भित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पुर्ब माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्व कै विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो। तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई हामी कसैले पनि इन्कार गर्न सक्दैनौं। अहिले को गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएका हुन्। अहिले को एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने नीति भएपनी त्यसको विरुद्ध मुख्य नेतृत्व खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामिले बसिरहनु आवश्यक ठानेका छैनौं। त्यसैले आज कै मितिदेखि हामी तपसिलका कमरेडहरुले नेकपा एमाले परित्याग गर्ने निर्णय गरेका छौं।’

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता