२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन

२४ पुष २०८१, बुधबार १५:०६

काठमाडौँ | राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माणसम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्तिलगायत आवश्यक पूर्वाधार तयार गरी खेलकुदका आयोजनालाई समयमा नै सम्पन्न गर्ने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक वर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताए । फुटबल रंगशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भए पनि जग्गा प्राप्त भने गर्न नसकिएको उनले बताए ।

मन्त्री चौधरीले सीमित स्रोत साधनकाबीच पछिल्लो समय खेलाडीको प्रदर्शन निकै राम्रो हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा