2026-09-08 09:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा

काठमाडौँ | अस्ट्रेलियाको पश्चिमी सिड्नीको पररामट्टामा बस्दै आएकी ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको मृत्युबारे स्थानीय प्रहरी अधिकारीले नयाँ तथ्य फेला पारेका छन् ।

६ दिनअघि गत बिहीबार एउटा भवनको सातौं तलाबाट खसेर उनको निधन भएको थियो । घटना हुनुभन्दा दुई घण्टा अगाडि आपतकालीन नम्बर ००० मा दीक्षा दाहालको अपार्टमेन्टबाट एक फोन गएको थियो ।

फोनमा पृष्ठभूमिको आवाज मात्र आएको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् । फोनको जवाफ नपाएपछि अधिकारीले पुनः सोही नम्बरमा कल गरेका थिए । त्यसपछि उक्त फोन उनका श्रीमान् लबिन्द्र सुवेदीले उठाएका थिए ।

तर, त्यसको दुई घण्टापछि घटनास्थल नजिकै एक व्यक्तिले उक्त अपार्टमेन्टको बाल्कोनीमा एक महिलालाई देखे । उनी दाहाल नै थिइन् ।

तत्काल ती व्यक्तिले पुनः आपतकालीन सेवामा फोन गरेर कसैले आत्महत्या गर्न खोजेको बताए । लगत्तै प्रहरी घटनास्थलमा पुगे तर, उनले हाम्फालिसकेकी थिइन् । त्यसपछि दाहाललाई तुरुन्तै अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीले घटनाको दुई घण्टाअघि आपतकालीन सेवामा आएको फोनको पृष्ठभूमिको आवाजका आधारमा श्रीमान्-श्रीमतीबीच झगडा भएको हुनसक्ने अनुमान गरेका छन् ।

झगडा भएकै कारण दाहालले आत्महत्या गरेको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि दाहालका पति सुवेदीलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, पछि उपस्थित हुने गरी उनी अहिले छुटिसकेका छन् ।

प्रहरीले यो घटनालाई जटिल अनुसन्धानको रूपमा व्याख्या गरेको छ । घटनापछि सुवेदीसँगै प्रहरीले अपार्टमेन्टका अन्य बासिन्दासँग पनि कुराकानी गरिरहेको छ ।प्रहरीका अनुसार यसअघि पनि यी दुवैको झगडा हुने गर्दथ्यो । २० दिन पहिला पनि दुवैको झगडा मिलाउँदै प्रहरीले आइन्दा यसो नगर्न चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित