प्रेम सुनार | असार ३१, गुल्मी | स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यापालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असार ३१, गुल्मी | स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यापालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमालेद्वारा १ भोटका लागि १ लाखको अफर ! २५ हजार नगद दिएको खुलाशा

३१ असार २०७४, शनिबार ०२:१७

प्रेम सुनार | असार ३१, गुल्मी | स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यापालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाण सहित पर्दाफास गरिएको छ । 

आज नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका  एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ बाट वियजी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड सहित उक्त नगद सहित सार्वजानिक गरिएको हो । 

उक्त टेलिफोन कुराकानीमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस, कार्यापालिका जितियो भने एक लाख अरु दिईने छ, पैसाको पिरै नगर्नुस् ।’

कांग्रेस कार्यकर्ता नेपालीले आफु इमान्दा कांग्रेसजन भएकोले  एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजानिक गरेको बताए । उनले यस्तो आरोप लगाउँदै प्रश्न गरे – ‘म जस्तो कांग्रेस अगुवा कार्यकर्तालाई त पैसामा किन्न खोजिन्छ भने अरु सर्वसाधरण गरिव दलितहरु कति बिके होलान ?’

कांग्रेस सभापति श्रेष्ठले एमालेको चुनावमा  जितका पछाडीको रहश्य बल्ल अहिले आएर खुलेको आरोप लगाए ।  

उनले भने–‘ हामीलाई चुनाव ताका थियो, एमालेले थुप्रै दलित गरिवहरुलाई पैसा बाडेको छ भन्ने कुरा तर पनि प्रमाण थिएन, वल्ल अहिले आएर स–प्रमाण फेला पारेका छौं,  पत्रकार सम्मेलन मात्रै गरेका होईनौं निर्वाचन आयोगमा मुद्धा समेत दायर गर्दैछौ । ’  मेयरका पराजित उमेदवार रहेका श्रेष्ठले  थपे–पैसा बाँडेर चुनाव जित्नु भनेको ति दलित गरिव वर्ग समुदाय माथीको ठुलो अपमान हो  ।  वडा नम्वर १४  , साविकको पाराल्मी गाविसमा पनि कांग्रेस कार्यकर्ताहरुले पैसा बाँढ्दै गरेका एमाले कार्यकर्ताहरुको पैसा वरामद गरी राखेको सोही कार्यक्रममा बताएका थिए । कांग्रेस सचिव खिलध्वज पन्थीले पैसा बाँड्ने आरोप लागेका एमाले नेतालाई दलितहरुका ठेकेदारहरुको संज्ञा दिए । 

पैसा दिएको आरोप लागेका ति एमाले नेताले भने आफुले नदिएको तर एमालेलाई बद्नाम गर्ने नियतका साथ फोन कुराकानीको मञ्चन गरिएको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित