७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल

४ माघ २०८१, शुक्रबार १४:३०

काठमाडौँ | नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन् ।

सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । उनले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुनेछ । जीवनभर कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिएका छन् ।

साथै शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भीम रावलले हिजो जुसुकै पृष्ठभूमिका भए पनि अहिले आफूसँग जोडिनेहरु आफ्नो अभियानका सदस्य हुने बताएका छन्।

‘हिजो कसले कसलाई सर्मथन गरेको थियो, अहिले यहाँ आउने युवाहरुले कसको सर्मथन गर्छन्,’ उनले भने, ‘ती युवाहरुले मेरो सर्मथन गरेपछि फलानो पार्टी भन्ने हुन्छ र?’

रावलले अगाडि भने, ‘हिजो कोही समाजवादी थियो कि कसैले राजाको नारा लगाएको थियो कि? कसैले कांग्रेसको नारा लगाएको थियो कि? म यहीबाट भन्छु, ती युवाहरु जहाँ-जहाँ भए पनि मेरो साथमा आएपछि ती मातृभूमि जागर अभियानका हुन्। मान्छेले बदल्न त पाइयो नि।’

बालेन शाहबारे सोधिएको प्रश्नमा रावलले राष्ट्रको हितमा अगाडि आउने सबैसँग मिलेर अगाडि बढ्ने बताए। उनले भने, ‘यो देशको हित चाहने बालेनजी हुनुहुन् कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी