नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण न"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रत छः ज्ञवाली

४ श्रावण २०७४, बुधबार १०:५८


नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण नभई देश र जनताको चाहानाअनुसार निर्वाचनका गतीविधिमा एमालेको ध्यान रहेको उहाँको भनाई छ ।

प्रेस चौतारी नेपालले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले अन्य दलहरु सत्ता गठवन्धनमा व्यस्त भएपनि जनताको भावना अनुसार नेकमा एमाले निर्वाचनलाई सम्पन्न गर्नतर्फ लागिरहेको स्पष्ट पार्नुभयो ।

अहिले निर्वाचन महत्वमुर्ण भएकाले संविधान संसोधन लगायतका काममा लाग्न नहुने उहाँको भनाई छ । संविधान गतीसिल दस्तावेज भएपनि जनतामा चाहाना विपरित कुनै एक दलको चाहानामा संसोधन नहुने उहाँको भनाई छ ।

संविधानको निर्णायक शक्तिसंग कुनै सहकार्य नगरी ल्याईको संविधान संसोधन कुनै हालतमा पनि हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यकर्ता भेटघाटका लागि बैतडी पुग्नुभएका एमाले सचिव ज्ञवालीले काग्रेस र माओवादी गठवन्द अझै पनि चुनाव देखेर डराईरहेको आरोप लगाउनुभयो । राजपा लाई बाहाना बनाएर निर्वाचनका तगिविधिहरु प्रभावित गर्न तर्फ सत्ता साझेदार दल काग्रस र माओवादी आफै लागि रहेको उहाँको आरोम छ ।

दुई चरको निर्वाचनमा जसरी एमाले पहिलो शक्ति बन्यो त्यसरीनै तेश्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने सचिव ज्ञवालीको भनाई छ ।

गुण्डागर्दी शैलीमा गठबन्दन बनाएर एमालेलाई पराजित गर्ने मनसायका साथ चुनावमा सहभागि भएका काग्रेस र माओवादीले एमालेलाई पराजित गर्न नसक्ने उहाँको भनाई छ । साथै ज्ञवालीले विभिन्न पार्टी परित्याग गरी एमालेमा आएका १६ जना नेतालाई पनि एमाले प्रवेस गराएका छन् ।

सचिव ज्ञवालीका साथमा नेपाल पत्रकार महासंघका प्रदेश नं. ७ संयोजक प्रकास विक्रम साह पनि बैतडी पुग्नुभएको थियो ।

बुधबार डडेल्धुरा र बैतडीमा कार्यकर्ता भेटघाट गर्नुभएका ज्ञवालीले बिहीबार दार्चुलामा पनि कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार