९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा कुन दलले कति मत पाए ?

४ श्रावण २०७४, बुधबार १६:०९

प्रेम सुनार |  गुल्मी, साउन– ४ । ५ नम्वर प्रदेश अन्तरगत गुल्मीको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमाले १३ हजार भन्दा बढि मतले अगाडी रहेको तथ्य वाहिर आएको छ ।  प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सार्वाजानिक गरेको तथ्याङकबाट यस्तो तथ्य बाहिर आएको हो ।

धेरै स्थानमा जनमोर्चा  संग  तालमेल गरेको एमालेले उक्त पार्टीको सहित ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै  १२  स्गानिय तह मध्ये ५ स्थानमा मात्र माओवादी केन्द्र संग तालमेल गरेको कांग्रेसले सो पार्टीको मत  सहित ३७.९४ प्रतिशत मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले धेरै स्थानमा रुख चिन्हबाट उमेदवारी दिएकोले उसको मत प्रतिशत एकदम कम प्राप्त गरेको देखिएको छ । उसले जम्मा १२.०७ प्रतिशत मत प्राप्त गरेको छ । जुन मत पालिका प्रमुख उमेदवारको मात्रै हो ।

जिल्लाका कुल १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेकोमा १ लाख २६ हजार ३ सय ७४ मत  अर्थात ६९.९१  प्रतिशत खसेको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मसारीनीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खसेका कुल मत मध्ये ५ हजार ७ सय ८७ मत वदर भएको थियो । सदर मत मध्ये केहि स्थानमा जनमोर्चा सहित नेकपा एमालेले जिल्लाभर ५८ हजार ८ सय १७ मत प्राप्त गरेको छ ।

केहि स्थाना माआबादी केन्द्र सहित  कांग्रेसले  ३७ हजार ४५ हजार ७ सय ५६ मत प्राप्त गरेको छ । धेरै स्थानमा कांग्रेस संग रुख चिन्ह लिएर उमेदवारी दिएको माओवादी केन्द्रको मत सख्या भने निकै कम देखा परेको छ । उसले ५ स्थानिय तहमा कांग्रेस संग तालमेल गरेकोले मत संख्याको महल  शुन्य छ ।

७ स्थानिय तहको  प्रमुख उमेदवारको मात्रै मत सख्या गणना भएको माओवादी केन्द्रले जम्मा १४ हजार ५ सय ४९ मत प्राप्त गरेको तथ्याङकमा उल्लेख छ ।  प्रमुख दुई दल एमाले र कांग्रेस मध्ये एमाले काग्रेस भन्दा १३ हजार ६१ मतले अगाडी देखिएको छ ।  

जिल्लाभर ८ सय ८४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो शक्तिका रुपमा उदाएकोृ  छ । ३ सय ३८ मत ल्याएर राष्ट्रिय जनमाृर्चा पाँचौ शक्तिका रुपमा  स्थापित भएको छ ।

नयाँ शक्ति नेपालले  जिल्लाभर ९२ मत ल्याएर छैठौ शक्ति र २२ मत ल्याएर अखण्ड नेपाली पार्टी सातौं शक्ति बनेको छ । बरु जिल्लाभरका स्वतन्त्र उमेदवारले १ सय २९ मत ल्याएका छन् ।

तर क्रियाशिल राजनैतिक दलका रुपमा स्थापित भएर विकासे कार्यक्रम बाँडफाँडमा दलिय सहमति खोज्दै टेवुल  बजार्ने नेपाल परिवार दल  र नेकपा मालेले एक मत सम्म ल्याउन सकेनन् ।

तहगत मत सख्या यस्तो छ

रेसुङ्गा नगरपालिका

२ नगरपालिका र १० गाउँपालिका मध्ये रेसुङ्गा नगरपालिकामा एमालेले ६ हजार ३ सय ८८ मत प्राप्त गरेको थियो । कांग्रेसले ६ हजार २ सय ४१ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ४ सय ३५  मत  , जनमोर्चाले ६३ मत र अखण्डले २२ मत पाएको थियो । अरु शुन्य छन् । बरु स्वतन्त्रले ५० मत प्राप्त गरेका छन् ।

मेयरका एक जना स्वतन्त्र उमेदवारले आफुले आफैलाई भोट नदिएर मत सख्याको महल शुन्य  पारेका छन् ।  १८ हजार ३ सय ४१ मतदाता रहेको यस नगरपालिकामा कुल  १३ हजार ५ सय ४३ मत खसेको थियो । जस मध्ये ३ सय ४४ मत बदर भएको थियो ।

मुसिकोट नगरपालिका

कुलमतदाताः १९४८५

कुल खसेको मतः १३३९६

बदरः ३८९

एमालेको मत सख्याः ६६६८

कांग्रेसको मत शंख्याः ५५८७

माओवादी केन्द्रः ७१३

राप्रपाः ३९ मत

जनमोर्चा: ७३ मत

अरु शुन्य

ईस्मा गाउँपालिका

कुल मतदाता संख्या १३८४०

खसेको कुल मत: ९७३३

वदर मतः ५८४

एमालेको मत सख्या: ५०५५

कांग्रेसको: ४०००

माओवादी केन्द्रकोः शुन्य  (कांग्रेस संग तालमेल, प्रमुख पदको उमेदवारी फिर्ता गरेको )

राप्रपाः १४ मत

जनमोर्चा: ७३ मत

अरु शुन्य

कालिगण्डकी गाउँपालिका

मतदाता संख्या १२६३४

खसेको कुल मतः ८६२७

वदर मतः ५१६

काग्रेस , माओवादीः ४२९८

एमाले , जनमोर्चा ३७७०

राप्रपाः ४१

स्वतन्त्रः २ मत

अरु शुन्य

गुल्मी दरवार गाउँपालिका 

कुल मतदाता सख्या १५३७०

खसेकोः १०९८३

बदरः २८१ ( अन्य स्थान भन्दा सवै भन्दा कम )

काग्रेसको प्राप्त मतः५५७५

एमालेकोः ४७५०

माओवादी केन्द्रको ः २४४

जनमोर्चाः १३३

अन्य सुन्य

चन्द्रकोट गाउँपालिका

कुल मतदाता संख्याः १३३९३

खसेको मतः१०९८३

वदरः ४२०

कांग्रेसः५५७५

एमालेः ४७५०

माओवादी केन्द्रः २२३८

नयाँशक्ति ः २१ मत

जनमोर्चाः ६९ मत

स्वतन्त्रः १ मत

छत्रकोट गाउँपालिका

कुल मतदाताः १५५११

खसेकोः ११२४७

बदरः५७१

एमाले, जमोर्चाःः५५५१

कांग्रेस, माओवादीः ५११४

नयाँशक्तिलः ११ मत

अरु शुन्य

धुर्कोट गाउँपालिका

मतदाता संख्याः १५६५०

खसेको मत ः११२४७

वदरः६७८

कांग्रेस माओवादीः ५११६

एमाले४७५३

राप्रपाः ६५

स्वतन्त्रः १ मत 

अरु शुन्य

मदाने गाउँपालिका

मतदाता संख्याः१३२७८

खसेको मतः८९६५

वदरः ८२१ ( सवै स्थान भन्दा बढि )

एमालेः ४४२३

कांग्रेसः २९५७ 

माओवादी केन्द्रः ७२५ मत  

राप्रपाः ३९ मत: अरु शुन्य

मालिका गाउँपालिका

कुलमतदाताः १४१६४

खसेकोः १००३९

वदरः५०६

एमाले ४०४२

काग्रेसः३४४७

माओवादी केन्द्रः२०४०

नयाँशक्ति १४

अरु शुन्य

रुरु गाउँपालिका

मतदाता संख्या १३५४२

खसेकोः ९४३४

वदरः३७४

एमाले ५२२२

कांग्रेस माओवादी केन्द्रः३७६३

स्वतन्त्र ७५ मत

सत्यवती गाउँपालिका

मतदाता संख्याः १५५७१

खसेको? १०६३३े्

वदरः३०३

कांग्रेस माओवादी केन्द्रः ५१९७

एमाले  जनमोर्चा ५१३३

अरु शुन्य

सवै दलको मत संख्या नगर र गाउँप्रमुखको मत संख्यामा मात्र आधरित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी