काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् ।
आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए ।
उनले भने,‘हामीमा जोश छ । आजभोलि नै चाहियो भन्ने मानसिकता छ । कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ । अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरुको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ । सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्क्त पहल हो । अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ । यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो ? एकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको छौं ।’
त्यस्तै उनले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था आइसकेको बताए ।