काठमाडौँ | बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो। आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिए।
संघमा अनुसार साेमबार अण्डा उत्पादकहरु बैठक बसेका थियाे । साेही बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हाे ।
बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ ।
अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट तीन सय ८५ , एक्स–एल अण्डाकाे मूल्य प्रतिक्रेट चार सय १५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय पर्ने भएको छ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले बढेको छ ।
उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य मध्यम चार सय ५०, एक्स–एल ४ सय ९० र ठूलो चार सय ७०, रुपैयाँ पर्नेछ। अहिले उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने छ। यसअघि पनि प्रतिगोटा अण्डा भने २० रूपैयाँमै बिक्री भएको थियो।