सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरित"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्छु: नेता ज्ञवाली

७ श्रावण २०७४, शनिबार ०४:१९

सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्ने बताएका छन ।

शुक्रबार प्रेस चौतारी नेपाल बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले कछुवा गतीमा निर्माण हुन थालेको चैनपुर ताक्लाकोट सडक छिटोछरितो निर्माण गर्न पहल गर्ने बताएका हुन । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले बझाङका १२ स्थानिय तहमध्य ८ स्थानिय तह विजयी गरेपछि नेता ज्ञवाली जिल्लाका नेता तथा कार्यकर्तालाई बधाइ दिन बझाङ आएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले समय अनुकुल संविधान संसोधन हुन सक्ने तर बिदेशीहरुलाई नागरिकता दिने , पहाड मधेसलाई टुक्र्याउने जस्ता राष्ट्रको हित विपरित संविधान संशोधनमा एमालेको समर्थन नहुने बताए ।

एमालेको निति राम्रो भएको, आन्तरिक एकता र बलियो संगठन भएकाले २०५४ साल देखि नेकपा एमालेले देशभरी राम्रो जनमत लिएको उनको भनाइ छ । असोज २ गते हुन थालेको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो स्थानमा विजयी हुने नेता ज्ञवालीले दाबी गरे । नेपाली काँग्रेस र माओवादी केन्द्रले २ सय ४० वटा निर्वाचन क्षेत्र राखेर राष्ट्रको स्रोत साधन दुरुपयोग गर्न खोजेको  र स्थानिय निकायमा देशभर नेकपा एमालेले विजयी गरेको हुँदा स्थानिय निकायलाई कमजोर पार्ने खालको निति बनाउन थालेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार