ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अनुशासन उल्लंघन गर्ने एमाले नेता उपर उजुरी दिन आव्हान

७ श्रावण २०७४, शनिबार ११:०२

ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो बैठकले यहि श्रावण २० गतेसम्म अनुशासन उल्लंघन गर्ने आफ्नो पार्टीका नेता कार्यकर्ता विरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको हो ।

उजुरीकर्ताहरुको उजुरीको आधारमा कार्यदलले निष्पक्ष छानविन गर्ने कार्यदलका सदस्य शान्त के.सीले जानकारी दिनुभयो । उजुरीकर्ताले कार्यदलका सदस्यहरु प्रोणप्रताप केसी, बाबुकाजी कार्की, शान्ति पाख्रिन, हरिवंश चौँलागाँई र शान्त केसीलाई लिखित र मौखिक रुपमा उजुरी दर्ता गराउन सकिने छ । उजुरीकर्ताको परिचय गोप्य राखिने सदस्य केसीको भनाई छ ।

केहि दिनअघि १२ जना नेतालाई निष्काशन गरी कारबाही गरिएको भएपनि कार्यदलले पार्टीभित्र रहेर पनि निर्वाचनमा अन्र्तघात गर्ने, मतदान नगर्ने नेता कार्यकर्ता उपर उजुरी हाल्न अनुरोध गरेको जनाईएको छ । कार्यदलमा आएका उजुरीको प्रतिवेदन कार्यदलले जिल्ला कमिटीमा बुझाएपछि कारबाही गर्ने जिम्मेवारी जिल्ला कमिटीको हुने कार्यदल सदस्य शान्त केसीले बताउनुभयो ।

यसअघि यहि श्रावण ४ गते सम्पन्न एमाले दोलखाको २१ पुर्ण बैठकले गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न तहका १२ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेको थियो । साथै बैठकले प्रोणप्रताप केसीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदल गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार