ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अनुशासन उल्लंघन गर्ने एमाले नेता उपर उजुरी दिन आव्हान

२०७४, ७ श्रावण शनिबार ११:०२

ताराबहादुर महत । श्रावण ७, दोलखा । स्थानिय निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ता उपर उजुरी दिन एमाले दोलखाले अनुरोध गरेको छ ।

एमाले दोलखाद्वारा गठित निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदलको आज बसेको पहिलो बैठकले यहि श्रावण २० गतेसम्म अनुशासन उल्लंघन गर्ने आफ्नो पार्टीका नेता कार्यकर्ता विरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको हो ।

उजुरीकर्ताहरुको उजुरीको आधारमा कार्यदलले निष्पक्ष छानविन गर्ने कार्यदलका सदस्य शान्त के.सीले जानकारी दिनुभयो । उजुरीकर्ताले कार्यदलका सदस्यहरु प्रोणप्रताप केसी, बाबुकाजी कार्की, शान्ति पाख्रिन, हरिवंश चौँलागाँई र शान्त केसीलाई लिखित र मौखिक रुपमा उजुरी दर्ता गराउन सकिने छ । उजुरीकर्ताको परिचय गोप्य राखिने सदस्य केसीको भनाई छ ।

केहि दिनअघि १२ जना नेतालाई निष्काशन गरी कारबाही गरिएको भएपनि कार्यदलले पार्टीभित्र रहेर पनि निर्वाचनमा अन्र्तघात गर्ने, मतदान नगर्ने नेता कार्यकर्ता उपर उजुरी हाल्न अनुरोध गरेको जनाईएको छ । कार्यदलमा आएका उजुरीको प्रतिवेदन कार्यदलले जिल्ला कमिटीमा बुझाएपछि कारबाही गर्ने जिम्मेवारी जिल्ला कमिटीको हुने कार्यदल सदस्य शान्त केसीले बताउनुभयो ।

यसअघि यहि श्रावण ४ गते सम्पन्न एमाले दोलखाको २१ पुर्ण बैठकले गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न तहका १२ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेको थियो । साथै बैठकले प्रोणप्रताप केसीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुशासन उल्लंघन छानविन कार्यदल गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने