2026-09-08 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारका राज्यमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्री राणाले भनिन्– विपीन जोशी चाँडै रिहा हुनेछन्

काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेन्टिन चरमपन्थी समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशी छिट्टै रिहा हुने आशा व्यक्त गरेकी छन् ।

ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएकी हुन् ।

“हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौं । हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

मन्त्री राणा ‘८ औं हिन्द महासागर सम्मेलन २०२५’ मा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट गएकी हुन् । सोही सम्मेलनको साइडलाइनमा मन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता भएको हो ।

कतारका विदेश राज्यमन्त्रीसँगको भेटवाबर्तामा नेपाल–कतार सम्बन्धका साथै द्विपक्षीय र बहुपक्षीय सहयोग सम्बन्धी विषयहरूमा छलफल भएको थियो । भेटमा दक्ष प्राविधिक कामदारहरूको आवश्यकता र कतारमा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसरहरू प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित