२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केआईआईटी घटनाको समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

२०८१, ६ फाल्गुन मंगलवार १८:०८

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्याको समाधान नभए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, यदि घटनाको न्यायपूर्ण र वैधानिक समाधान नभए, ओडिसाका विश्वविद्यालयहरूका लागि एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिनेछ। ‘सम्बन्धित सबैलाई जानकारी गराउँदै, यदि समस्याको उचित समाधान भएन भने भारतको ओडिसा राज्यका शिक्षण संस्थानहरूमा अध्ययनका लागि एनओसी जारी गर्ने कार्य रोक्न सकिन्छ,’ मन्त्रालयले भनेको छ।

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि देखिएको व्यवहारप्रति मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

मन्त्रालयले विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूसँग गरेको व्यवहारलाई ‘निन्दनीय’ भन्दै यसको छानबिन र समाधानका लागि कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिसकेको जनाएको छ।

‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयका नियमअनुसार शुल्क बुझाएर अध्ययन गरिरहेका छन्। यस्तो अवस्थामा प्रशासनको विद्यार्थीहरूप्रति देखिएको व्यवहार अस्वीकार्य छ,’ मन्त्रालयले भनेको छ।

सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकहरूलाई आवश्यक सहजीकरणका लागि शिक्षा मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ। मन्त्रालयले पीडित विद्यार्थी र अभिभावकलाई सहयोगका लागि सहायता कक्षको सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा