2026-09-27 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई अमेरिकाले दिएको सहयोग सार्बजनिक गर्दै ट्रम्पले भने- यो सबै ठगी हो !

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपाललाई दुईवटा शीर्षकमा गरिएकाे सहयाेगलाई विवरण सार्बजनिक गर्दै ट्रम्पले ठगीकाे संज्ञा दिएका छन् ।

राष्ट्रपति ट्रम्पले  नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ कराेड अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर दिएकाे बताएका छन् । याे सहयाेगलाई उनले ठगीकाे संज्ञा दिए ।

राष्ट्रपति ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराउदै यो ‘फ्रड’ अर्थात ठगी भएको बताएका हुन् ।

ट्रम्प राष्ट्रपति बनेपछि एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डोज) को सिफारिसमा विश्वभर अमेरिकाले दिदै आएको सहयोग रोकिरहेका छन् ।

सोहि विवरण सार्बजनिक गर्दै ट्रम्पले भने- ‘नेपालमा संघीयता सुदृढीकरणका लागि २० मिलियन डलर सहयोग दिइयो, यो सबै ठगी हो, त्यस्तै नेपाललाई जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर दिइएको छ ।’

सो अवसरमा ट्रम्पले भारतलाई मतदान प्रतिशत वृद्धिका गरिएको २१ मिलियन डलर सहयोगको पनि आलोचना गरेका छन् । भारतसँग आफ्नै धेरै पैसा भएको भन्दै ट्रम्पले मतदान बढाउन गरिएको यो सहयोग बारे आश्चर्य व्यक्त गरेका छन् ।

मस्क नेतृत्वको डोजले युएसएडलाई बन्द गरेको छ भने एमसीसी लगायतका परियोजनाबाट नेपालमा आउने सहयोग पनि बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह