2026-10-09 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओलीको जन्म दिनमा केक काटेर गरियो केपी ओली कपको उद्घाटन

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ ।

आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन् ।

उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ ।

प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् ।

पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ । फाइनल खेल फागुन १९ गते हुने तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल