2026-09-08 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा नेपाली कामदार मृत्यु, घटनामा दोषीलाई कारबाहीको माग

काठमाडौँ | कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् ।

राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेर मगरको मृत्यु घटनाका दोषाीलाई कारबाहीको माग गरेका हुन् ।

कोरियाको बंगुर फार्म काम गर्दै आएका मगर गत शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । कम्पनीका नेपाली सुपरभाइजर र कोरियन मालिकले काममा खटिँदा गालीगलौच गर्ने, तनाव दिने तथा यातना दिने लगायका काममा कारण मगरले मृत्युको बाटो रोजेको उनका सहकर्मीहरुले बताएका छन् । उनीसँगै उक्त फार्ममा काम गर्ने ७ जनाले पनि कम्पनीबाट कुटपिट गर्ने र गालीगलौच गरेकै कारण काम छोडेका छन् । मगरको शव त्यहीँको स्थानीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित