२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलबाट सुन बरामद: अध्यागमन र भन्सारको जाँच पासबाट बाहिरिसकेको थियो सुन

२०८१, १५ फाल्गुन बिहीबार १५:५०

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन बरामद भएको छ। बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान अवतरण भयो। अन्य यात्रु जस्तै उक्त विमानमार्फत काठमाडौं आएका चार उज्बेकिस्तान नागरिक पनि विमानस्थलको सुरक्षा जाँच पास हुँदै बाहिरिए ।

भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि चेकजाँचका क्रममा नेपाल प्रहरीले टर्मिनल गेटबाटै पक्राउ गरेको हो।

अध्यागनको जाँच पास गरेर बाहिरिएका उनीहरूलाई कुनै शंकास्पद वस्तु बरामद भएन । जब अध्यागमन र भन्सारको जाँच पासबाट उनीहरू बाहिर त्यसपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो । जब प्रहरीको टर्मिनल गेटमा चार उज्बेकिस्तानी नागरिक आइपुगे, त्यसपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो ।

प्रहरीले नियन्त्रमा लिएका व्यक्तिहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ।

भन्सार चेकजाँचको जिम्मा सशस्त्र प्रहरी बल र कर्मचारीलाई दिइएको छ। तर, यति ठूलो परिणाममा बरामद सुनले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरवाहीलाई पुन:एकपटक पुष्टि गरेको छ। यसअघि पनि विमानस्थलको चेकिङबाट सुन बाहिरिने र बाहिरिएको सुन प्रहरीले बरामद गरेका घटना सार्वजनिक हुँदै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार तुर्सुनोभ बाहेक अरू सबै महिला हुन् । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट पौने चार किलो सुन बरामद गरेको छ । सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सानो–सानो गुच्चाको आकारमो डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्‍याएको देखिएको छ ।

जाँच गर्दा मलद्वारमा सुन लुकाएर ल्याएको भेटिएपछि उक्त सुन निकालिएको थियो । चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उक्त सुनको गन्तव्य तेस्रो मुलुक रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । भारतलाई ट्रान्जिट बनाएर उनीहरूले सुन तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ ।

प्रहरीको पारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामा मालिक र भरिया दुवै रहेका छन् । एसएसपी राठौरका अनुसार अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका तीन महिला भरिया रहेको देखाएको छ । पक्राउ परेका एक पुरुष भने मालिक रहेको देखिएको छ ।

पक्राउ परेका महिलाले आफूलाई सुनबारे जानकारी नभएको र यसको सम्पूर्ण जानकारी तुर्सोनोभलाई हुने बयान दिएका छन् । स्रोतकाअनुसार केही रकम पाउने र नेपाल पनि घुम्न पाउने प्रलोभनमा परेर उनीहरू सुन बोकेर नेपाल आउन तयार भएको देखिएको छ ।

उनीहरूलाई तुर्सोनोभले भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघिसम्म सुनका मालिक भने पक्राउ पर्ने अवस्था न्यून हुन्थ्यो । तर यो केसमा भने सुन मालिक पनि पक्राउ परेको प्रहरीको दाबी छ ।

बरामद सुन र पक्राउ परेका चारै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ । भन्सार छली कसुरको अनुसन्धान प्रहरीको कार्यक्षेत्र नभई भन्सारको हुने भएकाले उनीहरूलाई भन्सार बुझाउने तयारी गरिएको एसएसपी राठौरले बताए ।

भन्सारले उनीहरूमाथिको अनुसन्धान सकेपछि भन्सार छली तथा चोरी पैठारीमा मुद्दा चलाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा