६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने

१८ फाल्गुन २०८१, आईतवार १३:०६

काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् ।

आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १५औं महाधिवेशनमा उठ्न सक्ने बताएका हुन् । १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने उनको भनाइ छ ।

‘महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ,’ उनले भने । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले ३७१ मत ल्याएका थिए ।

पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान गरिएको थियो। दोस्रो चरणको मतदानमा सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए। कांग्रेसमा सिंहको गुट त्यति प्रभावकारी मानिँदैन । तर पनि गणेशमान सिंहको विरासत बोकेकाले पनि उनलाई कांग्रेस नेता कार्यकर्ताले सम्मान दिँदै आएका छन् ।

कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् ।

तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या