६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहन थापा अमेरिकामा समातिएपछि रास्वपाले भन्यो– उहाँले पार्टीबाट अलग हुन निवेदन दिनुभएको थियो

१८ फाल्गुन २०८१, आईतवार १६:५१

काठमाडौँ | आफ्ना केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गरेर थापाले पार्टी परित्याग गरिसकेको बताएको छ । रास्वपाका नेता मनिष झाले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै थापा अमेरिकामा पक्राउ परेकाे जानकारी आएको र उनले नेपालबाट जानुअघि नै पार्टीको जिम्मेवारीबाट अलग हुन चाहेको भनी निवेदन दिएको जानकारी गराएका छन् ।

‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ । मोहन थापाजीले यसअगावै ‘आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पस्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मका लागि म केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन’ निवेदन दिएर जानुभएको थियो,’ झाले भनेका छन् ।

अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ ।

थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । थापा तिनै नेता हुन् जसले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या