६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा

२२ फाल्गुन २०८१, बिहीबार १४:२७

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ। बिहीबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पौडेलको राजीनामा माग गरेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा डा.संगिता मिश्रलाई बढुवा नगरेको भन्दै उनले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

‘मन्त्रिपरिषद्को एउटा निर्णयले बोल्न बाध्य भएँ। स्वास्थ्य मन्त्रालयको सिनियर थियो संगिता मिश्र तीनलाई बढुवा नगरी संविधान मिच्ने कायम भयो,’ उनले भने,’संगीता मिश्रको गल्ती के थियो? महिला भएर जन्मिनु गल्ति थियो कि?’

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीलाई तत्कालै बर्खास्त गर्न माग गरेका थिए।

‘स्वास्थ्यमन्त्री मैले पढाएको विद्यार्थी हो। तर उहाँले भन्नु भएको छ यो मन्त्रालयमा मधेशी रहँदैन। यतिमात्रै होइन जनजाति रहँदैन। दलित रहँदैन भन्नु भएको छ,’ उनले थपे, ‘संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै एकलजातीय शासन त गर्न खोजेको होइन?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प