६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ एमाले मतगणना : ढकाल पक्षको अग्रता कायमै

२३ फाल्गुन २०८१, शुक्रबार १६:०९

मोरङ | नेकपा एमाले मोरङको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ । गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित अग्रता कायम राखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको साथ पाएका राजकुमार ओझाले ३२१ मत पाएका छन् । उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत पाएकी छन् ।

उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन् । संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन् । उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत, संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन् । महिला सहसचिवमा भने संस्थापन पक्षीय शिल्पा निराला कार्कीले अग्रता लिएकी छन् ।

३२३ मत पाएकी छन् भने ढकाल पक्षकी उम्मेदवार उषा झाले ३०८ मत पाएकी छन्। विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। अब २०८ मतको गणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प