६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि नेविसंघले भन्यो, ‘तोडफोडमा आधिकारिक संलग्नता छैन’

२३ फाल्गुन २०८१, शुक्रबार १६:४०

काठमाडौँ | नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले रेक्टर कार्यालयमा भएको तोडफोड संगठनको आधिकारिक संलग्नता रहेको जनाएको छ ।  सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै नेविसंघको आधिकारिक निर्णय वा निर्देशनअनुसार तोडफोड नभएको जनाएका छन् ।

शुक्रबार बिहान नेविसंघबाट स्ववियू सदस्यमा निर्वाचित नरेन्द्र साउदसहित सिकेन्द्र रोकायलगायत विद्यार्थीले रेक्टर खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । साउद नेविसंघको सदस्य रहेको बडैलाले बताए । ‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोडजस्ता असभ्य क्रियाकलाप नेविसंघको आर्दश र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन ।, भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’

रेक्टर केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको थियो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनको भनाइ छ । केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए । समितिमा नेविसंघका विद्यार्थी पनि आवद्ध छन् ।

उक्त आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । समितिको संयोजकमा रोकाय छन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प