२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि नेविसंघले भन्यो, ‘तोडफोडमा आधिकारिक संलग्नता छैन’

२०८१, २३ फाल्गुन शुक्रबार १६:४०

काठमाडौँ | नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले रेक्टर कार्यालयमा भएको तोडफोड संगठनको आधिकारिक संलग्नता रहेको जनाएको छ ।  सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै नेविसंघको आधिकारिक निर्णय वा निर्देशनअनुसार तोडफोड नभएको जनाएका छन् ।

शुक्रबार बिहान नेविसंघबाट स्ववियू सदस्यमा निर्वाचित नरेन्द्र साउदसहित सिकेन्द्र रोकायलगायत विद्यार्थीले रेक्टर खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । साउद नेविसंघको सदस्य रहेको बडैलाले बताए । ‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोडजस्ता असभ्य क्रियाकलाप नेविसंघको आर्दश र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन ।, भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’

रेक्टर केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको थियो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनको भनाइ छ । केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए । समितिमा नेविसंघका विद्यार्थी पनि आवद्ध छन् ।

उक्त आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । समितिको संयोजकमा रोकाय छन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने