६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङबारे ऊर्जामन्त्रीको भनाइमा प्राधिकरण कर्मचारीको विरोध

२३ फाल्गुन २०८१, शुक्रबार १७:४२

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्य भारतका कारणले भएको भनेर दिएको अभिव्यक्तिप्रति नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले विरोध जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत क्रियाशील रहेका कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उर्जामन्त्री खड्काको भनाइको विरोध गरेका हुन् ।


कर्मचारी संगठनहरूले सरकारको योजना, व्यवस्थापनको क्रियाशीलता, विद्युत् प्राधिकरणका कर्मचारीहरूको मेहनत र जनताको सुझबुझपूर्ण व्यवहारका कारण भएको लोडसेडिङ अन्त्यलाई नेपालको कारणले नभएको भनेर दिइएको अभिव्यक्ति सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अपमान भएको बताएका छन् ।

‘साथै जिम्मेवार पदाधिकारीहरूबाट व्यक्त विद्युत् प्राधिकरणको नाफा केवल कागजी नाफा हो भन्ने वक्तव्यले सिंगो विद्युत् प्राधिकरणको लेखा प्रणाली, प्राधिकरण सञ्चालक समितिबाट पास भएको वित्तीय प्रतिवेदन र महालेखापरीक्षकको प्रतिवेदनलाई समेत खण्डित गरेको छ । यस्तो झुट र भ्रामक तथ्य सम्मानित सदनमा समेत प्रस्तुत गरिनु आफैँमा दुःखदायी छ’, विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संगठनहरूले मन्त्रालयबाट कर्मचारीको नामै किटान गरी सरुवा गर्नु भन्ने निर्देशन दिने जस्तो कार्यलाई समर्थन नगरेको आधारमा संस्था प्रमुखलाई हतोत्साहित गर्ने र आम कर्मचारीको मनोबल कमजोर हुने गरी पटक–पटक स्पष्टीकरण सोधेर उज्यालो समृद्ध नेपालको अभियानमा अवरोध सृजना गरेको प्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन् ।

उर्जामन्त्री दीपक खड्काले बिहीबार संसदमा नेपालको लोडसेडिङ अन्त्यको जस भारतलाई दिनुपर्ने भन्दै धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प