६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले भन्यो: राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा

२७ फाल्गुन २०८१, मंगलवार १६:१७

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सदनमा राजाको नामले तरंग सिर्जना हुनु खुशीको कुरा भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद प्रधानले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा निश्चित नभएको उल्लेख गर्दै, भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने चेतावनी दिए।

प्रधानले वर्तमान व्यवस्थाले देशको रक्षा गर्न नसक्ने जिकिर गर्दै, प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते राजाबाट व्यक्त शुभकामनाले अभिभावकीय भूमिका झल्काएको उल्लेख गरे।

‘आज सदन राजाको नामले तरंगित छ, यो अत्यन्तै खुशीको कुरा हो। हामी हर्षित छौँ,’ उनले भने, ‘फागुन ७ गते राजाबाट व्यक्त शुभकामनाले उहाँको अभिभावकीय भूमिका देखायो। देशको संरक्षण गर्न नसक्ने यो व्यवस्थाको सट्टा सबै नेपालीले एकसाथ जुट्नुपर्छ भन्ने सन्देश आत्मसात गर्नुपर्छ।’

प्रधानले फागुन २५ गते पोखराबाट फर्कने क्रममा राजालाई एयरपोर्टदेखि निर्मल निवाससम्म नागरिकहरूले स्वतःस्फूर्त रूपमा स्वागत गरेको दाबी गरे।

सांसद प्रधानले आफूहरूले संविधान राम्ररी अध्ययन गरेको उल्लेख गर्दै राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी प्रवृत्ति कायम रहने दाबी गरे। ‘अश्रुहरूको बुइ चढेर आएको पार्टीले देशको हित गर्न सक्दैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प