साउन १५, काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बत"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौँः डा महत

२०७४, १५ श्रावण आईतवार ०७:४२

साउन १५, काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतद्वारा शनिबार साँझ नयाँ दिल्लीमा आयोजित ‘परिवर्तित भूराजनीतिक सन्दर्भमा नेपाल–भारत सम्बन्ध’ विषयको गोष्ठीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले एउटा भूपरिवेष्ठित देशका कारण नेपालका विशेषखालका र धेरै प्रकारका विकासका चुनौती रहेको बताउँदै भन्नुभयो, “हाम्रो अर्थतन्त्रको विकास र पूर्वाधारको निर्माणका साथै व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पहुँच र विस्तारका लागि एक भूपरिवेष्ठित देशका नाताले हामी छिमेकी भारतसँग स्वभाविक रुपमै सहयोगको अपेक्षा राख्दछौँ र उसले हाम्रा समस्यालाई स्वभाविक रुपमै मनन गरिदियोस् भन्ने चाहन्छौँ ।” 

डा महतले भारतले आफ्नो विकास र समृद्धिमा एक छिमेकीको नाताले नेपालको विकास, समृद्धि तथा स्थायित्वलाई पनि नबिर्सिन आग्रह गर्नुभयो । खुला सिमाना रहेका दुई छिमेकी मुलुकको सम्बन्ध निकै पुरानो भएको मात्र नभई हाम्रो संस्कार, परम्परा र अरु पनि धेरै कुरामा समानता रहेको प्रसंग उल्लेख गर्दै उहाँले सार्क, बिम्सटेक लगायत अन्तर्राष्ट्रिय संस्थाबाट पनि हामीले साझा चासो र विषयमा अन्तर्राष्ट्रिय मञ्चमा एकै आवाजका साथ काम गर्दै आएको बताउनुभयो । 

भारतको स्वतन्त्रताका लागि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले पनि योगदान पुर्याउनुभएको तथा नेपालमा प्रजातन्त्रका लागि भएका कतिपय अभियानमा भारतको सहयोग रहेकाले पनि दुई देशको राजनीतिक सम्बन्ध र समानता रहेको उहाँले बताउनुभयो । 

विश्वको एक उदीयमान अर्थतन्त्र भारतले कसरी प्रजातन्त्र र विकास साथसाथै अघि बढ्छ भन्ने उदाहरण संसारमै प्रस्तुत गरेको बताउँदै पूर्वमन्त्री डा महतले नेपालले पनि पछिल्लो समयमा आवधिक निर्वाचन र समावेशी प्रजातन्त्रको उत्कृष्ट अभ्यास गरिरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले हालै सम्पन्न गरेका निर्वाचनमा स्थानीय तहका करिब २५ हजार प्रतिनिधि छानिएका छन् र तीमध्ये ४० प्रतिशतभन्दा बढी त महिला छन् । त्यस्तै दलित, जनजाति एवं समाजमा सीमान्तकृत वर्गका नागरिक पनि यो निर्वाचनमा ठूलो संख्यामा निर्वाचित भएका छन् ।” 

अब नेपालका सामु प्रदेश र केन्द्रीय तहको निर्वाचन सपन्न गर्ने दायित्व रहेको र नेपालको वर्तमान नेपाली काँग्रेस नेतृत्वको सरकार र सबै राजनीतिक दल यसका लागि जुटिसकेको जानकारी गराउँदै काँग्रेसका नेता डा महतले एक छिमेकीका नाताले नेपालको यो प्रजातान्त्रीकरण प्रक्रियामा भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो भन्नुभयो । सो कार्यक्रमको अध्यक्षता गर्नुभएका भारतीय कानुनमन्त्री रविशंकर प्रसादले नेपालको एक असल छिमेकीका रुपमा रहेको भारत सदैव समृद्ध र प्रजातान्त्रिक नेपालको पक्षमा रहेको बताउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो