साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् । 
2026-07-01 02:37 AM
मकवानपुर - MKW

साउन १७ देखि काठमाण्डौँ केन्द्रीत आन्दोलन तयारी हेटौँडामा

साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् । 

अस्थायी शिक्षक संघर्ष समिति मकवानुरले आज हेटौँडामा भेला गर्दै काठमाण्डौ केन्द्रीत आन्दोलनको तयारी गरेको हो । १७ गते हुने प्रर्दशन तथा १८ गतेबाट हुने आमरण अनसनको लागि मकवानपुरबाट पनि उल्लेख्य सहभागिता गराउने उदेश्यले भेलाको आयोजना गरेको अस्थायी शिक्षक संघर्ष समितिका मकवानपुर सचिव सुनिल गौतमले बताए । भेलामा बोल्दै संघर्ष समितिका केन्द्रीय सचिव तथा मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले यो आन्दोलन अन्तिम भएको बताए । 

वर्षौबाट शिक्षासेवा गर्दै आएका अस्थायी शिक्षकहरुलाई अन्यायपूर्ण ढंगबाट हटाउन खोजिएको र सरकारसँग भएको ४ बुँदे पनि कार्यन्वयन नगर्ने तर्फ अघि बढेको भन्दै अब शसक्त आन्दोलन हुने बताए । अस्थायी शिक्षकहरुले ‘वन पोष्ट वन अवधारणामा’ कम्तिमा ४० अंकमा पास हुनुपर्ने ब्यवस्था हुनुपर्ने, सबै अस्थायी शिक्षकहरुलाई परिक्षामा सहभागिता गराईनुपर्ने लगाएतमो मागहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ