2026-07-04 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईमा शिक्षकले नै ग्रुप बनाएर चिट चोराएपछि…

काठमाडौँ | माध्यमिक शिक्षा (एसइई) अन्तर्गत आइतबार सुनसरीको इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा निरीक्षकहरूले नै ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पाइएको छ। अनिवार्य गणित विषयको परीक्षामा ह्वाट्सएप ग्रुप बनाएर निरीक्षकले चिट चोराइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहितको टोलीले फेला पारेको हो।

मिश्रले ह्वाट्सएप ग्रुप बनाएर चिट चोराउन संलग्न तीनजना निरीक्षकलाई नियन्त्रणमा लिइएको छ। निरीक्षक तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन भएको कोठामा मोबाइल लैजान रोक लगाए पनि उनीहरू आफैँ चिट चोराउन संलग्न भएका हुन्।

भगवती मावि परीक्षा केन्द्रबाट राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत मुकेन्द्र यादव, भगवती विद्यालयमै कार्यरत रमानन्द यादव र बीपी आधारभूत विद्यालय इनरुवामा कार्यरत शिक्षक दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए। उनका अनुसार आइतबार प्रजिअको नेतृत्वमा प्रहरी अधिकारीहरूले अनुगमन गरेका थिए। नियन्त्रणमा लिएका तीनैजना निरीक्षकले ह्वाट्सएप ग्रुप बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको थियो।

यसैगरी अनधिकृत गतिविधि गरेको आरोपमा इनरुवाकै बबिया माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दुईजना निरीक्षक निष्कासनमा परेका छन्। यसअघि गत बिहीबार सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुईदुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्र नेतृत्वको टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो। दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले बताए। उनका अनुसार परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको छ।

सुनसरीमा निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो