५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी, गलत सूचना फैलाएको आरोप

१५ चैत्र २०८१, शुक्रबार १४:०७

काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै प्रसाईँविरुद्ध उजुरी परेको हो ।

शुक्रबार साइबर ब्युरोमा मायाको पहिचान नेपालले प्रसाईँले दिएको अभिव्यक्ति नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान भएको भन्दै उजुरी दिएको हो ।

उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईँले नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन् । उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन् । जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो ।’

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तका अनुसार प्रसाईँको अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानुनी कारबाही गर्न, एलजिबिटिआई समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न र नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार र गरिमालाई सुरक्षित राख्न यस भ्रामक सूचना अभियानविरुद्ध तुरुन्तै कारबाही गर्न माग गरिएको हो ।

नेपालका सर्वोच्च अदालतले २००७ मा समलिङ्गी दम्पतीहरूको अधिकारलाई मान्यता दिँदै सरकारलाई समलिङ्गी विवाहलाई कानुनी बनाउन निर्देशन दिएको थियो भने २०२३ जुन २७ मा सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न अनुमति दिने अन्तरिम आदेश जारी गरेको थियो ।

हालसम्म १२ समलिङ्गी दम्पतीहरूले कानुनी रूपमा विवाह दर्ता गरिसकेका छन् । नेपाल संविधानले पनि समुदायको अस्तित्व र अधिकारलाई मान्यता दिएको छ र समान सुरक्षा तथा अवसर सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता