2026-09-19 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान

काठमाडौँ | शुक्रबारको राजावादी प्रदर्शनलगत्तै फरार रहेका उक्त प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको छ ।

प्रदर्शन भएकै राति प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालसहितलाई पक्राउ गरेको थियो ।

तर, सबैभन्दा पहिले खोजिएका प्रसाईं अझै पक्राउ परेका छैनन् । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट काम शुरु गरेको छ ।

प्रसाईं उपत्यकाभित्रै छन् वा छैनन् भन्नेसमेत खुलेको छैन । प्रहरीस्रोतका अनुसार अनुसन्धानकर्मीको ध्यान अन्यत्र मोड्नका लागि उनी भारत छिरेको हल्ला चलाइएको हुन सक्छ । उनी नेपालभित्रै रहेको प्रहरी अनुमान छ ।

प्रसाईंको खोजीका निम्ति केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो । अपराध अनुसन्धान कार्यालयले उक्त प्रदर्शनका प्रायजसो अगुवासहित कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंलाई बुझाइसकेको छ ।

तर, उक्त कार्यालयको टोलीले दुई दिनयता प्रसाईंको खोजी कार्य बन्द गरेको छ ।‘अब विशेष व्युरोले खोज्दैछ, आवश्यकताअनुसार खटिनुपर्ने गरी हामीलाई हाइअलर्टमा राखिएको छ’, अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि प्रसाईंको खोजीमा थियो । तर, न्युन जनशक्ति र अनुसन्धान गरिनुपर्ने विषयको चापका कारण उसले पनि प्रसाईं खोजी गर्ने कामबाट हात झिकेको छ । बाहिरी युनिटहरु अन्य काममा व्यस्त भएपछि प्रहरी अनुसन्धानका जटिल विषयहरुको निरुपण गर्ने निकायका रुपमा रहेको विशेष व्युरोलाई सक्रिय बनाइएको केन्द्रीय प्रहरी स्रोतले जनायो ।

‘विशेष व्युरोले आवश्यकताअनुसार अन्य युनिटको मद्दत लिन पनि सक्छ, तर अहिले त्यहीँको जनशक्तिलाई सक्रिय बनाइएको छ’, स्रोतले बतायो । व्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरेका छन् । यसबारे उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार प्रसाईंको खोजीका क्रममा गरिएको सिसिटिभी फुटेज अध्ययनको निश्कर्ष, उनले चलाउने विभिन्न किसिमका इलेक्ट्रोनिक्स डिभाइसका आधारमा गरिएको अनुसन्धानबाट खुलेका तथ्य विशेष व्युरोलाई उपलब्ध गराइएको छ । त्यसो त त्यस्तो विषयको अनुसन्धान गर्न व्युरो आफैं सक्षम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ