कमल रावल/साउन १९, अछाम । जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख, उप–प्रमुख र सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

जिल्ला समन्वय स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन १९, अछाम । जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख, उप–प्रमुख र सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

जिल्ला समन्वय स"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिसस अछामका पदाधिकारीले पद तथा गोपनियताको सपथ लिए

२०७४, १९ श्रावण बिहीबार १६:२४


कमल रावल/साउन १९, अछाम । जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख, उप–प्रमुख र सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

जिल्ला समन्वय समिति अछामका नवनिर्वाचित प्रमुख नरबहादुर कुँवर, उप–प्रमुख टोपबहादुर रावल र सदस्यले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय अछाममा आयोजित बिशेष समाराहमा पद तथा गोपनियताको सपथ लिएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामको आयोजनामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला अदालत अछाममा सपथ ग्रहण कार्यक्रम भएको हो । अछामका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी अछामका प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट रहनु भएको थियो । 

सपथ ग्रहण गर्दै जिल्ला समन्वय समिति अछामका ननिर्वाचित प्रमुख कुँवरले जिल्लाको समग्र बिकासमा आफुले सके जति योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाका १० ओटै स्थानीय तहमा समानुपातिक रुपमा समन्वय गर्ने उहाँको प्रतिबद्धता छ । 

कार्यक्रममा नेपाली कांग्रेस अछामका पार्टी सभापती भरत कुमार स्वार, नेपाली कांग्रेस जिल्ला पाटी सचिव नम बहादुर शाही, नेकपा एमालेका प्रदेश संगठन कमिटी सदस्य तथा पूर्व जिविस सभापती कृष्णप्रसाद जैशी, माओबादीका केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य बमबहादुर रावत, राप्राका बरिष्ट नेता तथा पूर्व जिविस उपसभापती तेज बहादुर बिष्ट लगायतले बधाई तथा शुभकामाना मन्तव्य राखेका थिए । 

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, उप–प्रमुख सरिता उपाध्याय, साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उप–प्रमुख बिर्मला बुडथापा, कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्ट, उप–प्रमुख भुमिसरा बजगाई लगायत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । 

यसैबिच जिल्ला समन्वय समिती अछामका नव निर्वाचित पदाधिकारीलाई  बधाई  तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती अछामका संयोजक नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला न्यायधिस हरी प्रसाद शर्मा उपाध्याय पंगेनी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथीले नव निर्वाचित पदाधिकारी हरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी संकर बहादुर बिष्ट, स्थानिय बिकाश अधिकारी तोयनारायण सुबेदी, नेपाली कांग्रेसका जिल्ला पाटी सभापति भरत कुमार स्वार, एमाले प्रदेश कमिटी सदस्य तथा पुर्ब जिबीस सभापती कृष्ण प्रसाद जैसि, नेकपा माओबादी केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य बम रावत, राप्रपा नेपालका तेज बहादुर बिष्ट, अछामका दश वटै स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितीका सामाजिक बिकास अधिकृत खड्क बिष्टले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना