2026-07-26 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रोपटक भोट हालेपछि मतदाताले भने, ‘हाम्रो मत खेर नजाओस्’

साउन २०, चितवन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो । 

उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भन्नुभयो–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उहाँको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् । 

अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । “जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो”, लीलाले थप्नुभयो । 

बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएर उत्साह देखिएको हो । 

तीन स्थानमा रहेका छवटा मतदान केन्द्रमा बिहान ११ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान भएको शारदानगर उमावि मतदान केन्द्रका मतदान अधिकृत गंगाधर रिमालले बताउनुभयो । उहाँका अनुसार ११ बजेसम्म कुनै मतदान केन्द्रमा ४५ प्रतिशतसम्म र कुनैमा ३५ प्रतिशत हाराहारी मतदान भएको छ । 

त्रिपन्न वर्षीया सन्तमायाँ गुरुङले पनि यो दोस्रोपटक भोट हाल्नुभयो । खुसी छु, किन दुःखी हुनुप¥यो र अब, गुरुङले भन्नुभयो, “राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।” 

उहाँले जितेर गएपछि वास्तै नगर्ने नेताहरुको बानी रहेको भन्दै दुःखेसो गर्नुभयो । अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताउनुभयो । 

बिहानभरि पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकको उपस्थिति बाक्लै रहेको छ । पत्रकारहरु पानीको परवाह नगरी समाचार संकलन गरिरहेका थिए । 

भरतपुर–१९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आउनुभयो । छोरा सुर्जबहादुर गुरुङले उहाँलाई बोकेर ल्याउनुभएको थियो । उहाँले पौने १० बजे भोट हालेर फर्कनुभयो । युवादेखि वृद्धवृद्धासम्म भोट हाल्न आएका थिए । 

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौँ, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौँबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिनुभयो । 

नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताउँदै यो उत्साह राम्रो भएको बताउनुभयो । उहाँले जनता जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जनप्रतिनिधि छान्न आतुर रहेको देखिएको प्रतिक्रिया दिनुभयो । 

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को शारदानगर मतदान केन्द्रमा शुक्रबार पुनः मतदान गरेपछि ८३ बर्षका वृद्ध धनमान गुरुङलाई बोकेर घरतर्फ लैजाँदै छोरा ।

माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रेणु दाहालले दोस्रोपटक पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएको बताउनुभयो । घरायसी कामको दबाब र मौसमको प्रतिकूलतालाई चिर्दै सर्वसाधारण मतदानमा भाग लिएको उहाँको भनाइ छ । 

काँग्रेस उपप्रमुखका उम्मेदवार पार्वती शाहले भन्नुभयो, “पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाइ छ ।” नहुने घटना भएपछि अब अहिले राम्रो भएको उहाँको भनाइ छ । 

मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताउनुहुन्छ । 

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कूल तीन हजार ७९७ मतदाता छन् । 

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो । नारायण अधिकारी/नारायण ढुंगाना/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली