साउन २०, चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत म"/>

2026-08-31 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर १९ मा ७५ प्रतिशत मतदान, आजैबाट मतगणना शुरु हुने

साउन २०, चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा दुई हजार ८७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा नौ सय ५३ र शारदा मावि शारदानगर केन्द्रमा नौ सय तीन मत खसेको छ । 

यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । सो वडामा तीन हजार ७९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कम खसेको हो । दुई दिनदेखि परेको वर्षा, यससँगै धान रोपाईँको चटारो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध तथा दुई पटक मतदान गर्नुपर्दा मतदाता रुष्ट बनेका कारण मत कम खसेको अनुमान गरिएको छ । 

महानगरपालिकाका २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर दुई वटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो । सत्ताइस वटा वडाको अन्तिम परिणामनुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गर्नुभएको थियो । महानगर–२० को तीन हजार ३०२ मतगणना गर्न बाँकी छ । 

मतपत्र संकलन भएपछि दलको सहमति भएमा आजै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो । यसअघि मतपत्र च्यातिएपछि मतगणनस्थल भरतपुरको कभर्ड हलमा तीन सिसी क्यामरा जडान गरिएको छ । मतगणनास्थलमा जाली लगाई प्रतिनिधि जाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने