प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको नि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्तारुढ दलको गठबन्धनलाई हराउँदै जिसस रामेछापमा एमालेको प्यानलै विजयी

२१ श्रावण २०७४, शनिबार ०१:४४


प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ ।

जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसकाे गठबन्धनलाई हराउदै एमालेका उम्मेदवार विजयी भएका हुन् ।

काँग्रेस र माओवादीकाे गठबन्धनका सभापति पदका उम्मेद्वार नारायण बोगटीलाई ३ मतले पराजित गर्दै एमालेका उम्मेदवार प्रेम बहादुर खड्का जिल्ला समन्वय समितिको अध्यक्ष/ सभापतिमा विजयी हुनुभएकाे हाे ।



त्यसैगरी माअाेवादी र काङ्ग्रेस गठबन्धनबाट उपाध्यक्षको उम्मेद्वार प्रेम सागर थापालाई पराजित गर्दै एमालेकी दिपा पाख्रीन उपाध्यक्ष/ उपसभापतिमा विजयी हुनुभएको छ ।
खड्का खाडादेवी गाउँपालिका र पाख्रिन लिखु गाउँपालिकाकाे वडाबाट निर्वाचित व्यक्ति हुन् ।

यस्तै काङ्ग्रेस माओवादीकाे गठबन्धनलाई पराजित गर्दै एकलाैटी रूपमा सबै सदस्यहरू एमालेबाट विजयी भएका छन् ।

जिल्ला समन्वय समितिकाे सदस्यमा एमाले दाेरम्बा गाउँपालिकाबाट नि डाेल्मा शेर्पा,गाेकुलगंगा गाउँपालिकाबाट राधिका गुरूङ, उमाकुण्ड गाउँपालिकाबाट मैयाँ सार्की, लिखु गाउँपालिकाबाट रमेश वाग्ले, रामेछाप नगरपालिकाबाट पुर्ण बहादुर महत, मन्थली नगरपालिकाबाट गणेश माझी र रामबहादुर तामाङ उम्मेदवार बनाएकाे थियाे ।


जिल्ला समन्वय समितिको निर्वाचनमा २ नगरपालिका प्रमुख र उपप्रमुख ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १६ जनाले मतदान गरेका थिए ।
नेकपा एमालसँग ९ मत र माओवादी काँग्रेस गठबन्धनसँग ७ मत रहेकाले एमालेकाे स्पष्ट बहुमत रहेकाे थियो । खसेको १६ मतमा काँग्रेस माओवादी गठबन्धनको एक मत बदर भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयाे ।

यसैविच जिल्ला समन्वय समिति रामेछापका सभापति, उपसभापति र सदस्यमा निर्वाचित पदाधिकारीले शुक्रबार नै
रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटी मार्फत पद तथा गाेपनियताकाे सपथग्रहण गरेका छन् ।

२०५४ सालकाे स्थानीय निर्वाचनमा समेत एमालेका उम्मेदवार सभापति र उपसभापतिमा विजयी भएका थिए ।


तत्कालीन जिल्ला विकास समितिकाे सभापति पदमा कैलाश ढुङ्गेल र उपसभापतिमा रमेश बस्नेत विजयी हुनुभएको थियाे । ढुङ्गेल अहिले राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक र बस्नेत मन्थली नगरपालिकाकाे मेयर पदमा हुनुहुन्छ। २० बर्षपछि भएकाे स्थानीय तहकाे निर्वाचनमा रामेछाप पुन: एमालेले अाफ्नाे उचाइ बढाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता