प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको नि"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्तारुढ दलको गठबन्धनलाई हराउँदै जिसस रामेछापमा एमालेको प्यानलै विजयी

२०७४, २१ श्रावण शनिबार ०१:४४


प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ ।

जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसकाे गठबन्धनलाई हराउदै एमालेका उम्मेदवार विजयी भएका हुन् ।

काँग्रेस र माओवादीकाे गठबन्धनका सभापति पदका उम्मेद्वार नारायण बोगटीलाई ३ मतले पराजित गर्दै एमालेका उम्मेदवार प्रेम बहादुर खड्का जिल्ला समन्वय समितिको अध्यक्ष/ सभापतिमा विजयी हुनुभएकाे हाे ।



त्यसैगरी माअाेवादी र काङ्ग्रेस गठबन्धनबाट उपाध्यक्षको उम्मेद्वार प्रेम सागर थापालाई पराजित गर्दै एमालेकी दिपा पाख्रीन उपाध्यक्ष/ उपसभापतिमा विजयी हुनुभएको छ ।
खड्का खाडादेवी गाउँपालिका र पाख्रिन लिखु गाउँपालिकाकाे वडाबाट निर्वाचित व्यक्ति हुन् ।

यस्तै काङ्ग्रेस माओवादीकाे गठबन्धनलाई पराजित गर्दै एकलाैटी रूपमा सबै सदस्यहरू एमालेबाट विजयी भएका छन् ।

जिल्ला समन्वय समितिकाे सदस्यमा एमाले दाेरम्बा गाउँपालिकाबाट नि डाेल्मा शेर्पा,गाेकुलगंगा गाउँपालिकाबाट राधिका गुरूङ, उमाकुण्ड गाउँपालिकाबाट मैयाँ सार्की, लिखु गाउँपालिकाबाट रमेश वाग्ले, रामेछाप नगरपालिकाबाट पुर्ण बहादुर महत, मन्थली नगरपालिकाबाट गणेश माझी र रामबहादुर तामाङ उम्मेदवार बनाएकाे थियाे ।


जिल्ला समन्वय समितिको निर्वाचनमा २ नगरपालिका प्रमुख र उपप्रमुख ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १६ जनाले मतदान गरेका थिए ।
नेकपा एमालसँग ९ मत र माओवादी काँग्रेस गठबन्धनसँग ७ मत रहेकाले एमालेकाे स्पष्ट बहुमत रहेकाे थियो । खसेको १६ मतमा काँग्रेस माओवादी गठबन्धनको एक मत बदर भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयाे ।

यसैविच जिल्ला समन्वय समिति रामेछापका सभापति, उपसभापति र सदस्यमा निर्वाचित पदाधिकारीले शुक्रबार नै
रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटी मार्फत पद तथा गाेपनियताकाे सपथग्रहण गरेका छन् ।

२०५४ सालकाे स्थानीय निर्वाचनमा समेत एमालेका उम्मेदवार सभापति र उपसभापतिमा विजयी भएका थिए ।


तत्कालीन जिल्ला विकास समितिकाे सभापति पदमा कैलाश ढुङ्गेल र उपसभापतिमा रमेश बस्नेत विजयी हुनुभएको थियाे । ढुङ्गेल अहिले राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक र बस्नेत मन्थली नगरपालिकाकाे मेयर पदमा हुनुहुन्छ। २० बर्षपछि भएकाे स्थानीय तहकाे निर्वाचनमा रामेछाप पुन: एमालेले अाफ्नाे उचाइ बढाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने