साउन २१, चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । 

मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । 

मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा मतान्तर घटाउँदै रेणु दाहाल

२१ श्रावण २०७४, शनिबार ०७:१०

साउन २१, चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । 

मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउनु भएको छ । सो वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं– १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको छ । 

वडा नं– १९ मा दुई हजार ८७० मत खसेको थियो । जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गर्नुभएको छ । सो वडामा राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले पाँच मत पाउनुभएको छ । 

पछिल्लो मत परिणामअनुसार ज्ञवालीले ४१ हजार ९४६ मत प्राप्त गरी अग्रता कायम राखेको छ भने उनलाई नेपाली काँग्रेसका समर्थनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मतका साथ पछयाइरहेकी छिन् । 

सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेकाअनुसार राप्रपाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उप प्रमुखमा नेपाली काँगे्रसकी पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् । 

भरतपुर महानगरपालिका वडा नं। १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसले बिजयी भएका छन् । 

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गर्नुभएको छ ।

जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रवार पुनः मतदान भएको थियो । अब वडा नं– २० को मतगणना हुन मात्र बाँकी छ । सो वडामा तीन हजार ३०२ मत खसेको छ । महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य