साउन २१, चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । 

मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । 

मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्"/>

2026-08-31 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा मतान्तर घटाउँदै रेणु दाहाल

साउन २१, चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । 

मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउनु भएको छ । सो वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं– १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको छ । 

वडा नं– १९ मा दुई हजार ८७० मत खसेको थियो । जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गर्नुभएको छ । सो वडामा राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले पाँच मत पाउनुभएको छ । 

पछिल्लो मत परिणामअनुसार ज्ञवालीले ४१ हजार ९४६ मत प्राप्त गरी अग्रता कायम राखेको छ भने उनलाई नेपाली काँग्रेसका समर्थनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मतका साथ पछयाइरहेकी छिन् । 

सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेकाअनुसार राप्रपाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उप प्रमुखमा नेपाली काँगे्रसकी पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् । 

भरतपुर महानगरपालिका वडा नं। १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसले बिजयी भएका छन् । 

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गर्नुभएको छ ।

जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रवार पुनः मतदान भएको थियो । अब वडा नं– २० को मतगणना हुन मात्र बाँकी छ । सो वडामा तीन हजार ३०२ मत खसेको छ । महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने