साउन २१, काठमाडौँ । भरतपुर महानगरपालिकाको चुनावमा कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेदवार माओवादीकी रेणु दाहालले २४ सय मतगणना हुँदासम्म ९९ मतको अग्रता लिएकी छिन् ।
दाहालले ४२७४४ मत पाएकी छन् भने ज्ञवालीले ४२६४५ मत पाएका छन् । वडा नम्बर २० मा कुल ३३ सय २ मत खसेको थियो । अब ९ सय १ मतमात्रै गन्न बाँकी छ ।