साउन २२, चितवन | २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वाचित प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, चितवन | २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वाचित प्रम"/>

2026-08-31 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनकै छोरी र बुहारी हुन् रेणु दाहाल


साउन २२, चितवन | २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुनुहुन्छ । २०५१ सालमा पार्टी प्रवेश गर्नुभएकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत हुनुभएको थियो । 

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसक्नुभएकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुनुहुन्छ । दाहाल काठमाडौँका जिल्ला सहसचिव हँुदै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । 

चितवनमै प्रवेशिकासम्मको अध्ययन गर्नुभएकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् हुनुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो । 

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ भरतपुर महानगरपालिका–१० मा बस्दै आउनुभएको छ । 

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लाग्नुभएकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउनुहुन्छ । नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी हुनुभएको हो । 

जिल्ला बाहिर बसेर राजनीति गर्दै आउनुभएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो । 

यस्तै, विसं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मनुभएका उपप्रमुख शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मनुभएकी शाहले कक्षा दश सम्मको अध्ययन गाउँमै गर्नुभएको थियो । 

प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुणदल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसक्नुभएको छ । 

हाल उहाँ नेपाल महिला संघ, चितवनको अध्यक्ष हुनुहुन्छ । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत वहन गरिसक्नुभएको छ । विसं २०६२÷०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताउनुभएकी शाह नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसक्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने