साउन २३, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर द"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको निर्वाचन भदौ १ भित्रै घोषणा गर्न माग

२३ श्रावण २०७४, सोमबार १२:५७


साउन २३, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेर उहाँलाई सो सुझाव दिनुभएको हो । 

भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको डा यादवले जानकारी दिनुभयो । निर्वाचनका लागि अति आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग विस्तृत छलफल गर्नुभएको थियो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतपत्रको प्रयोग र आवश्यकता सम्बन्धमा आयोगका तर्फबाट प्रधानमन्त्रीलाई अवगत गराएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनुभयो । छलफल भएका सबैजसो विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको पनि उहाँले जानकारी दिनुभयो । 

निर्वाचनका लागि कानूनी तयारी चाहिने भएकाले कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन यथाशीघ्र उपलब्ध हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी माघ ७ गते भित्रै गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

निर्वाचन गर्नुपर्ने तीन तहमध्ये स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको तथा तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं. २ मा निर्वाचन गर्ने घोषणा गरिएको छ । 

आयोगले प्रदेशसभाको निर्वाचन असोज ३० र प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्न उपयुक्त हुने सुझाव यसअघि सरकारलाई दिइसकेको छ । 

प्रमुख राजनीतिक दलबीच प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा गर्न सकिन्छ कि सकिदैन भन्ने बहस पनि चलिरहेको छ । आयोगले दुवै निर्वाचन एकै चरणमा गर्नुपर्दा मतपत्र दुई वटा मात्र कायम हुन आवश्यक छ अन्यथा अहिलेकै संरचनामा एकै पटक दुवै निर्वाचन गर्न व्यवस्थापकीय र प्राविधिक कठिनाइ हुने जानकारी दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता