साउन २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

मन्त्रालयक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

मन्त्रालयक"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमणभदौ ७ देखि ११ गतेसम्म

२३ श्रावण २०७४, सोमबार १३:०७


साउन २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । 

सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ । त्यसको आवश्यक तयारी भइरहेको छ । सम्मेलनमा सातै सदस्य मुलुकका विदेशमन्त्री वा सो सरहको सहभागिता रहनेछ । मन्त्रिस्तरीय सम्मेलनपछि बिमस्टेकको शिखर सम्मेलनसमेत आयोजना गरिने छ । 

आर्थिक कूटनीतिमा जोड 

उपप्रधानमन्त्री महराले अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्मान र प्रतिष्ठा अझ माथि उठाउने र समृद्ध नेपालका लागि आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन गर्ने मुलकको परराष्ट्रसम्बन्धी तत्कालीन प्रमुख लक्ष्य भएको बताउनुभएको छ । 

‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली पराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति’ भन्ने नाराका साथ तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा दुवै छिमेकी मुलुकसँग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीको कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ । साथै चीन सरकारसँग हस्ताक्षर गरिएको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) बाट मुलुकले अधिकतम लाभ लिन अन्तरमन्त्रालय वा निकाय संयन्त्र बनाई ठोस अधिकार र जिम्मेवारी दिइने उपप्रधानमन्त्री महराले बताउनुभयो । 

कार्ययोजनामा परराष्ट्र मन्त्रालयको संरचनात्मक सुधारका लागि मन्त्रालयमा नियमित रुपमा कर्मचारी, राजदूत तथा विज्ञबाट समसामयिक एवं परराष्ट्र नीतिका दृष्टिकोणबाट महत्पूर्ण विषयमा अन्तरक्रिया गराइने व्यवस्था मिलाइने उ्रल्लेख छ । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका अनुभवी व्यक्तित्वको क्षमता र अनुभवबाट राष्ट्रले लाभ लिन सक्ने गरी सल्लाहकार समिति बनाई काम गरिने मन्त्रालयको योजना छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र सम्मानित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी काम गरिने र त्यसका लागि नेपाली नियोगलाई प्रभावकारी रुपमा परिचालन गरिने छ । उप्रधानमन्त्री महराले अन्तर्राष्ट्रिय मञ्चमा भूपरिवेष्ठित देशको समूहलाई प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो । 

नेपालको संविधानमासार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्र संघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वाेपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परारष्ट्र नीति सञ्चालन गरिने उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल