८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुरामसँग छिट्टै नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ: प्रचण्ड

२४ श्रावण २०७४, मंगलवार ०७:४९


साउन २४, भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । 

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुग्नुभएका नेता दाहालले रासससँग भन्नुभयो¬, “डा भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।” 

पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टो छुट्टै छलफल भएको थियो । 

अस्पतालमा उपचार गराइरहनु भएका डा भट्टराईसँगको भेटपछि रासससँग कुरा गर्दैै अध्यक्ष दाहालले उहाँको उपचारको क्रम चलिरहेको रस्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उहाँ छिट्टै घर फर्किने विश्वास व्यक्त गर्नुभयो । 

करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताउनुभयो । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिनुभयो । 

अस्पतालका अध्यक्ष पुष्पमान अमात्यले विदेशमा हुने कतिपय उपचार यहीँ हुने भएकाले स्वदेशमै नेताहरुले उपचार गराउनुपर्ने बताउनुभयो । 

डा भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुग्नुभएको थियो । अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता